भारतको राजस्थान राज्यको बाडमेरमा आइतबार एउटा धार्मिक कार्यक्रममा दुर्घटना हुँदा १६ जनाको निधन हुनुका साथै ५५ घाइते भएका छन्।
घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। राजस्थान सरकारले घटनामा निधन भएका परिवारलाई ५ लाख क्षतिपूर्ति दिने घोषणा गरेको छ। घाइतेलाई २ लाख क्षतिपूर्तिको घोषणा गरिएको छ।
आइतबार राजस्थानको सीमासँग जोडिएको बाडमेर जिल्लाको जसोल गाउँमा बेलुका रामकथा वाचन सुन्न ७ सयभन्दा बढी स्थानीय एउटै पण्डालमा जम्मा भएका थिए। तर, तीब्र बेगमा आएको हावाहुरी र वर्षाका कारण पण्डाल खसेर सवैतर्फ करेन्ट लिक भएको थियो।
यही घटनामा १६ जनाको निधन भएको हो। घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। कार्यक्रमका लागि आयोजकले प्रशासनबाट अनुमति नलिएको बताइएको छ।