न्युयोर्कमा गुठी विधेयकविरूद्ध प्रदर्शन : नेपालका मन्त्रीको राजीनामा माग

मिनी नेपाल भनिने न्युयोर्कको ज्याक्सन हाइट्सस्थित डाभइभर्सिटी प्लाजामा गुठी विधेयक खारेजीको माग । तस्विर सौजन्य : नेवा गुठी न्युयोर्क ।

नेपालमा सरकारले फिर्ता लिएको गुठी विधेयक खारेज नै गर्नुपर्ने माग गर्दै अमेरिकाको न्युयोर्कमा प्रदर्शन गरिएको छ ।

मिनी नेपाल भनिने ज्याक्सन हाइट्सको डाभइभर्सिटी प्लाजामा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको सहयोगमा नेवाः गुठी न्यूयोर्कको आयोजनामा सांकेतिक विरोध प्रदर्शन गरिएको हो ।

विरोध प्रदर्शनलाई वर्ल्ड नेवाः अर्गनाईजेसनमका अध्यक्ष सिजन श्रेष्ठले सम्बोधन गर्दै गुठी कुनै एक जातिको मात्र नभएर नेपालको मौलिक संस्कृति भएकाले यसलाई बचाउनुपर्ने आग्रह गरे । उनले स्पष्ट पार्दै गुठी नेवारको हैन, नेपालको संस्कृति भएकोमा जोड दिए । उनले नेपाल सरकारलाई नेपालीको मौलिक संस्कृतिमा आक्रमण नगर्न आग्रह गरे । 

विरोध प्रदर्शनमा सहभागीहरूले गुठी विधेयक खारेजीलगायतका मागहरू अंकित प्लेकार्डहरू प्रदर्शन गरेका थिए । सहभागीहरूले नेपालका सूचना तथा सञ्चारमन्त्री र भूमिव्यवस्थामन्त्रीको राजीनामा पनि मागे । 

प्रकाशित मिति: : 2019-06-24 03:26:32

प्रतिकृया दिनुहोस्