क्यानडाको बाग्लुङ कनेक्सन- बिर्सेको छैन है जन्मेको ठाउँ !

क्यानडामा रहेका बाग्लुङेका गतिविधिहरू । तस्बिर सौजन्य : बाग्लुङ सेवा समाज, क्यानडा

ब्याक होम कहाँ ?’ 

नेपाल 

कुन जिल्ला नेपाल 

बाग्लुङ

बाग्लुङ कुन गाउँ 

बिहुँकोटदेवीस्थानजलजलालेखानीपैयुँपाटाबुर्तिवाङनरेठाँटी, गल्कोट, हटिया

टोरन्टो क्षेत्रका कुनै नेपाली रेष्टुरेन्ट पुग्नुभयो र त्यहाँका सेफ वा सञ्चालकबारे जान्न खोज्नुभयो भने कुराकानी माथिको झैं हुनसक्छ । सबै त नभनौंटोरन्टो क्षेत्रमा सञ्चालित झण्डै एक दर्जन नेपाली रेन्टुरेन्टमध्ये आधाभन्दा बढीमा बाग्लुङे सेफ र सञ्चालक छन् ।

क्यानडाको बाग्लुङ कनेक्सन् अहिले रेष्टुरेन्टमा मात्र सीमित छैन । 

क्यानडामा उच्चशिक्षा लिएर होस् या नेपालकै अध्ययन र अनुभवले खारिएरक्यानडा आएपछि फरक–फरक विधामा प्रगति गर्ने नेपाली औंलामा गन्न नसकिने गरी फैलिँदैछन् । 

नेपालमा खुला विश्वविद्यालय स्थापना गर्न उल्लेख्य भूमिका निर्वाह गरेका प्रमोद ढकाल बाग्लुङकै हुन्जो अटोवामा बस्छन् । 

बौद्धिक वर्गको प्रतिनिधित्व गर्ने ढकाल त उदाहरण मात्र हुन्क्यानडाको नर्सिङरियल स्टेटइन्स्योरेन्सल्यावरिसर्च आदि क्षेत्रमा पनि बाग्लुङेहरु स्थापित छन् । 

सन् २००९ यता ‘दक्ष कामदार’का रुपमा आएर प्रगति गर्ने त छँदैछन्विद्यार्थी भिसामा आएर भविष्य उज्वल पार्ने उद्देश्यसाथ संघर्ष गर्दै कलेज र युनिभर्सिटी धाउने पनि आजकल बढ्दैछन् । 

पहिले सेफका रुपमा क्यानडा ओर्लिने गणेश खत्री टोरन्टोकै पुरानो नेपाली रेष्टुरेन्ट ‘काठमाडौं रेष्टुरेन्ट’ र ‘पाटियो ब्याङ्क्वेट’का सञ्चालक हुन् । 

उसैगरी क्यानडा आइपुग्ने प्रजापति शर्मा टोरन्टो र ब्राम्प्टनमा सञ्चालित ‘भुखारा ग्रील रेन्टुरेन्ट’का सञ्चालक । 

बाग्लुङबाट गोरखपुर हुँदै नयाँदिल्ली पुगेर रेन्टुरेन्टमा काम थालेका र क्यानडामा झण्डै ३० बर्षदेखि उही पेशामा रहेका विष्णुप्रसाद निउरे अर्का बाग्लुङे हुन् । 

रेष्टुरेन्ट व्यवसायमै लामो समय बिताएका नरहरी कँडेल अहिले रिटायर्ड जीवन जिउँदैछन् । 

बाग्लुङबाट मात्र होइननेपालबाटै क्यानडा आउने सुरुवाती पुस्ताका रुपमा उल्लेखित व्यक्तिहरुको नाम आउँछ । 

आफ्नो जिल्लाका अग्रजले टोरन्टोको रेष्टुरेन्ट व्यवसायमा सफलता हासिल गरेको देखेर ढिलो आएकामध्ये कतिपयले त्यसैलाई पछ्याउँदैछन् । रेष्टुरेन्टमा संलग्न बाग्लुङेको सूची अहिले लामो भइसकेको छ । 

क्यानडामा कति छन् त बाग्लुङे ?

पहिले क्यानडाको आप्रवासनबारे बुझौं । 

संख्या थोरबहुत जति होस्क्यानडामा संसारका सबैजसो राष्ट्रका मानिस छन् । टोरन्टो त्यस्तो शहर होजहाँका सडकमा उभिँदा भारतदेखि भेनेजुएला मात्र होइन बेलायतदेखि ग्वाटेमालासम्मका नागरिक देखिन सक्छन् । 

क्यानडाको कूल जनसंख्या ३ करोड ७२ लाखमध्ये २२ प्रतिशतभन्दा बढी मानिस अर्को मुलुकमा जन्मेर यहाँ आएका मानिस हुन् । 

त्यसमा पनि भारत र चीनका १०औं लाख मानिस क्यानडामा भेटिन्छन् । नेपालबाट अलि पर्तिरका श्रीलंका र पाकिस्तानबाट पनि क्यानडा आएर स्थायी बसोबास गर्नेको संख्या ठूलो छ । 

नेपाली चाहिँ ४० हजार हाराहारी मात्रै छन् । यो अटोवास्थित नेपाली राजदूतावास र एनआरएनए क्यानडाले बताउँदै आएको संख्या हो । वास्तविक संख्या त्योभन्दा कम हुने यहाँका पुराना नेपाली बताउँछन् ।

क्यानडामा नेपालीको संख्या कम हुनुमा नेपालकै जनसंख्या कम हुनुमात्र कारण होइन । अन्तरदेशीय बसाईंसराई र अवसरको खोजीमा बाहिरिनेक्रम ढिलो सुरु हुनु पनि कारण हुन् । 

त्यति हुँदाहुँदै पनि बाग्लुङको क्यानडा कनेक्सन् राम्रो देखिन्छ । क्यानडाकै सबैभन्दा ठूलो शहर टोरन्टो क्षेत्रमा मात्रै बाग्लुङ मूलथलो हुनेहरु करिव एक सय परिवार छन् । सिंगो क्यानडामा एक सय ५० परिवार हुनसक्ने र बाग्लुङेको कूल संख्या ६ सय नाघ्ने भवी न्यौपाने बताउँछन् । 

गल्कोट बाग्लुङमा जन्मेहुर्केका न्यौपानेको दावीलाई आधिकारिक मान्नैपछैकिनकि उनी क्यानडामा छरिएका सबै बाग्लुङेको प्रतिनिधित्व गर्ने संस्था ‘बाग्लुङ सेवा समाजक्यानडा’का अध्यक्ष पनि हुन् । 

बाग्लुङका हामी टोरन्टोमै ५ सय र क्यानडाभरीमा ६ सय छौं’ सन् २०११ मा सपरिवार क्यानडा आएपछि उक्त संस्था स्थापना र सञ्चालनमा सक्रिय न्यौपाने भन्छन्, ‘पहिलो बाग्लुङे पुस्ता रेष्टुरेन्ट व्यवसायमा सफल मानिन्थ्योअहिलेको पुस्ता विविध विधामा सफल हुँदैछ ।’ 

आकस्मिकरुपमा जन्मेको संस्था भए पनि यसले क्यानडा–बाग्लुङ कनेक्सन्मा राम्रै भूमिका निर्वाह गरेको छ । एनआरएनए क्यानडाले दोस्रो महाधिवेशनक्रममा अटोवामा आयोजना गरेको भलिवल प्रतियोगिता जित्दा प्राप्त पुरस्कार राशी व्यवस्थापन गर्न ‘बाग्लुङ सेवा समाजक्यानडा’को स्थापना भएको थियो । 

स्थापनाको ८ बर्ष पूरा हुँदै गर्दा संस्थाले पछिल्ला बर्ष बाग्लुङ मात्र होइन, प्राकृतिक प्रकोपका घटना हुँदा अरु जिल्लामा पनि सहयोग गरेको छ । संस्थाले बाढीपहिरोभूकम्पआँधीहुरी र आगलागीपीडितलाई राहतस्वरुप झण्डै १० लाख रुपैयाँ नेपाल पठाएको छ । 

बाग्लुङेको संख्या धेरै भएकैले संस्थालाई प्रायोजन गर्ने पनि निकै छन् । कतिपय बाग्लुङे अभिभावकले आफ्ना नानीबाबुको जन्मदिनमा संकलन हुने रकमसमेत संस्थालाई दिएका छन् । ती सबैको नतिजा बाग्लुङका गरिब तथा जेहेन्दार विद्यार्थीले संस्थामार्फत छात्रवृत्ति पाइरहेका छन् । 

सन् २०१४ मा चार जनाबाट सुरु भएको छात्रवृति कार्यक्रमले अहिलेसम्म ८५ नेपाली विद्यार्थीलाई समेटेको छ । अहिलेसम्म क्यानडामा संकलित झण्डै ७ लाख रुपैयाँ बाग्लुङ पठाएर छात्रवृत्तिमा खर्च गरिएको छ । पछिल्लोपल्ट १६ विद्यालयका २० छात्र छात्रालाई छात्रवृत्ति दिइएको छ । 

क्यानडामा रहे पनि नेपाली पञ्चेवाजाको संरक्षणमा हाम्रो संस्था सक्रिय छ’ अध्यक्ष न्यौपानेले सुनाए, ‘खेलकुदका क्षेत्रमा भलिबलमार्फत बाग्लुङेको क्यानडासँग कनेक्सन् छ ।’ संस्थाले नेपाली राष्ट्रिय खेल भलिवललाई क्यानडाका नेपालीमाझ लोकप्रिय बनाउन स्थापनाकालबाटै पहल गरिरहेको छ । 

बाग्लुङ कनेक्सन् अझ दरिलो बनाउन ‘क्यानडा डे’ अवसरमा आगामी जुलाई ३० मा टोरन्टोमा ‘तेस्रो नेपाल क्यानडा कप भलिवल प्रतियोगिता’ हुँदैछजसमा अमेरिका र क्यानडाका ८ टिम खेल्नेछन् । 

सोही अवसरमा गायनका सबैजसो विधामा स्वर दिइसकेका गायक थानेश्वर गौतम ल्याएर संस्थाले सांगीतिक साझ गर्दैछ । 

आयोजकले क्यानडामा नेपाली समुदायको सबै भन्दा ठुलो भलिबल प्रतियोगिता र च्यारिटेबल साँस्कृतिक साँझ दावी गरेका छन् ।

कर्मथलो र जन्मथलोवीच सदैव कनेक्सन् भइरहोस् भन्ने बाग्लुङेको चाहना हो’ संस्थाको उद्देश्यबारे न्यौपाने भन्छन्, ‘हामीले क्यानडा–बाग्लुङको कनेक्सन् राम्रो गराउँदैछौंअरु नेपालीले यसैगरी आ–आफ्नो जिल्लाको कनेक्सन् गराए झन् गज्जब हुन्थ्यो ।’ 

प्रकाशित मिति: : 2019-06-23 22:36:35

प्रतिकृया दिनुहोस्