काठमाडौं । चौतर्फी आलोचनापछि सरकारले फिर्ता भएको गुठी विधेयक विरुद्ध गुठीयारहरुले प्रदर्शन गरेका छन्।
मंगलवार सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेपनि सरकारलाई खवरदारी गराउन भनेर बुधवार माइतीघरमा विशाल खबरदारी सभा कार्यक्रम आयोजना गरेका छन्।
१०० भन्दा बढी नेवार संघसंस्थाको संयुक्त आयोजनामा गुठी विधेयक संयुक्त प्रतिरोध कार्यक्रम गरेको हो।
काठमाडौंका विभिन्न ठाउँबाट आएका हजारौं मानिसहरु माइतीघर मण्डलामा जम्मा भएका छन्।
उपत्यकाका तीनै जिल्ला र हेटौंडा, पोखरा, बनेपा, पनौतीलगायतका स्थानबाट हजारौंको संख्यामा मानिसहरु बाजाजागा सहित माइतीघर पुगेका छन्। सहभागीले गुठी विधेयक खारेजीको मागसमेत गरेका छन्।
सरकारले विधेयक फिर्ता लिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण र भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले जारी गरेको प्रेस विज्ञप्तीको भाषामा आन्दोलनकारीहरुले आपत्ति जनाएका छन्। सरकारले जनतालाई भ्रम फैलाएको र उत्ततेजित गर्दै गुठी विधेयकविरुद्ध माहौल सिर्जना गरेको आरोप लगाएको थियो।
प्रदर्शनका कारण सडकमा सवारी आवागमनमा ठप्प छ।
सरकारले सरोकालवालाहरुसँग छलफल नै नगरी गुठी विधेयक ल्याएको र नेवार सभ्यता नै विस्थापित गर्न खोजेको भन्दै गुठीयारहरुले आन्दोलन गरिरहेका छन्।