काठमाडौं ।
सरकारले ल्याएको गुठी विधेयकविरुद्ध संयुक्त प्रतिरोध कार्यक्रमले बुधबार काठमाडौंको माइतीघर मण्डलामा खबरदारी सभा गर्दैछ।
सरकारले गुठी विधेयक फिर्ता लिए पनि गुठीको परम्परा र सम्पदामा सरोकारवालाको स्वामित्व, अधिकार सहभागिताका लागि खबरदारी गर्न खबरदारी सभा गर्न लागिएको आयोजकले जानकारी दिएको छ।
यसैबीच सम्पदाप्रेमीहरुले गुठीसम्बन्धी विधेयक फिर्ता हुनुलाई आंशिक सफलतासमेत भनेका छन् ।
संयुक्त प्रतिरोध कार्यक्रमका संयोजक महेशमान श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै आज माइतीघर मण्डलमा खबरदारीसहितको जनप्रदर्शन हुर्ने बताएका छन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी आन्दोलनका विषयमा प्रयोग गरेको भाषा मर्यादित नभएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
गुठी विधेयकको विरोधमा आन्दोलन चर्किएपछि सरकारले विधेयक मंगलबारै फिर्ता लिएको छ।
यसैबीच सरोकारवालाले राजधानीमा आज विशाल प्रदर्शन गर्ने तयारी गरिरहेका बेला सरकार पछि हटेको हो।