त्रिवि सेवा आयोगमा विद्यार्थीद्वारा तालाबन्दी

तस्बिरः एजेन्सी

अखित क्रान्तिकारी लगायत आधा दर्जन बढी विद्यार्थी संगठनले त्रिवि सेवा आयोगको कार्यालयमा सोमबार ताला लगाएका छन्।

आयोगका अध्यक्ष चैतन्य शर्मा, सदस्य चिन्तामणि पोखरेल र सदस्य सचिव परशुराम कोइरालालाई कार्यालय प्रवेशमा रोक लगाइएको क्रान्तिकारीले जानकारी दियो।

अखित क्रान्तिकारी लगाएत आधा दर्जन बढी विद्यार्थी संगठनले त्रिवि सेवा आयोगको कार्यलयका ताला लगाएका थिए।

विद्यार्थी संगठनहरुले त्रिवि सेवा आयोगका पदाधिकारीलाई बर्खास्तको मागसहित कार्यालयमा ताला लगाएपछि आयोगका काम प्रभावित समेत भएको थियो ।

त्रिविले केही दिनअघि प्रकाशित गरेको सेवा आयोगको कर्मचारी सूचीमा धेरैजसो आयोगका पदाधिकारीका आफन्त र राजनीतिक दल निकटका व्यक्तिको नाम भेटिएपछि चौतर्फी विरोध हुँदै आएको छ।

यसैविच अखिल क्रान्तिकारी लगाएत आधा दर्जन बढि विद्यार्थी संगठनले ३० दिन लामो रिले अनशन गर्दा समेत त्रिवि सेवा आयोगका पदाधिकारीले नटेरेको भन्दै कार्यालयमा ताला लगाएका छन्।

त्रिवि सेवा आयोग नै खारेज गर्नुपर्ने, आयोगका कर्मचारी तत्काल बर्खास्त गर्नुपर्ने र अवैधानिक रुपमा प्रकाशित गरिएको नतिजा खारेज गर्नुपर्ने विद्यार्थी संगठनहरुको माग छ ।

रिले अनशनमा मोहन वैद्य निकट नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी,अखिल नेपाल विद्यार्थी युनियनलगाएत आधादर्जन भन्दा बढी विद्यार्थी संगठनले आन्दोलनमा एक्यबद्दता जनाएका छन्।

२९ दिन लामो रिले अनशन देखि विभिन्न चरणमा आन्दोलन गर्दा समेत आयोगका पदाधिकारीले बेवास्ता गरेपछि ताला लगाउँन बाध्य परेको विद्यार्थी संगठनहरुको भनाइ छ।

केही दिनअघि प्रकाशित आयोगकको कर्मचारी सूचीको चौतर्फी आलोचना भएको थियो । आयोगमा ताला लाग्दा सेवाग्राही मर्कामा परेका छन् भने सम्वन्धीत निकायको ध्यान जान सकेको छैन।

क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलका अनुसार दिनसम्म अनशन बस्दा मागहरुको कुनै सुनुवाइ भएन आन्दोलनको स्वरुपअनुसार पदाधिकारी प्रवेशमा रोक लगाएका थियौं।

३० दिनदेखि क्रान्तिकारीका विद्यार्थी आयोग कार्यालय परिसरमा रिले अनशन बसेका थिए। उनीहरुको अनशनमा शिक्षाविद् र विभिन्न विद्यार्थी संगठनका नेताहरुले ऐक्यबद्धता छ ।

सेवा आयोगले अनियमित तरिकाले लिएको परीक्षा रद्दको माग गर्दै विद्यार्थीहरु आन्दोलित बनेका हुन् । अध्यक्ष शर्मा, सदस्य पोखरेल र सदस्य सचिव कोइरालाले सेटिङ मिलाएर नातेदार, पहुँचवाला नेता, त्रिविका पदाधिकारी, प्राध्यापक र कर्मचारीका आफन्तहरुलाई मात्र खुल्लातर्फको परीक्षामा पास गराएको आरोप छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षाका कागजात नियन्त्रणमा लिएर एकमहिनादेखि छानबिन गरिरहेको छ । अख्तियार स्रोतका अनुसार छानबिनको क्रममा परीक्षामा त्रूटी गरेको समेत भेटिएको हो। ‘त्रिवि र आयोगका पदाधिकारीको मिलेमतोमा पहुँचवाला र आफन्तलाई पास गराएको परीक्षा रद्द गर्न आन्दोलित बनेका हौँ,’ गजुरेलले भने, ‘छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ ।

विद्यार्थीले त्रिवि सेवा आयोग खारेज गर्नुपर्ने, आयोगका भ्रष्ट पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने र अवैधानिक रुपमा प्रकाशित नतिजा खारेज गर्नुपर्ने ३ सुत्रीय माग राखेका छन्। ‘सेवा आयोगकै अध्यक्ष, प्रशासकीय प्रमुख र त्रिविका उच्च तहका पदाधिकारीले आफ्ना नातागोतालाई जागिर खुवाउन अपारदर्शी तरिकाले पास गराएको प्रदर्शनकारीको आरोप छ ।

लोकसेवा आयोगका प्रतिनिधिको उपस्थिति बिनै उनीहरुले मनोमानी रुपमा परीक्षा सञ्चालन गरेको यसअघि नै खुलासा भइसकेको छ । शाखा अधिकृत लगायत विभिन्न १६ पदको आन्तरिकतर्फको लिखित परीक्षामा अनियमितता गरिएको हो।

यस्तै क्रान्तिकारीका एक सदस्य अनुसारन बसेको ठाउँबाट हामीलाई जबरजस्ती उठाएर कुटपिट गर्दै कालिमाटीमा ल्याएर राखिएको छ ।

प्रकाशित मिति: : 2019-06-18 11:31:42

प्रतिकृया दिनुहोस्