पाकिस्तानमा एक ‘ब्लगर’ को गोली हानि हत्या भएको छ। सोशल मिडियामा सक्रिय मोहम्मद बिलाल खानको राजधानी इस्लामाबादस्थित गोल–मस्जिद नजिकै गोली हानि हत्या भएको हो।
बिलाल आइतबार राती आफ्ना साथीहरूसँग जि–९/ ४ सेक्टरमा घुमिरहेका थिए। स्थानीय प्रहरीका अनुसार उनी बालुचिस्तानको गिलगिट निवासी हुन्। उनलाई अज्ञात व्यक्तिले बोलाएर गोली हानेको बताइएको छ।
प्रहरीले छानवीनका लागि उनको मोबाइल आफ्नो कब्जामा राखेको छ। बिलाल इस्लामिक विश्वविधालयका विधार्थी पनि हुन्। सोशल मिडियामा उनलाई ८६ हजारले फलो गर्थे।