सगरमाथा आधार सिविरमा योग दिवस

तस्बिरः समिर जंग थापा

भारतीय राजदूतावास काठमाडौंले विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा एक योग कार्यक्रमको आयोजना गर्‍यो।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी तथा राजदूतावासका पदाधिकारीलगायतको उपस्थिति थियो।

कार्यक्रममा सोलुखुम्बुका महिला तथा युवा समूह सदस्यहरु, खुम्जुङ्ग र खुन्दे खानेपानी व्यवस्थापन समिति, खुम्जुङ्ग र खुन्दे महिला तथा युवा समूह, सगरमाथा राष्ट्रिय निकुञ्जका पदाधिकारीसहित स्थानीयको सहभागिता थियो।

योग दिवसको सो कार्यक्रममा अनेक विदेशी पर्यटक, पर्वतारोही तथा अनुसन्धानकर्ताहरुले पनि सहभागीता जनाएका थिए।

दैनिक जीवनमा योगको महत्व उजागर गर्नुका साथै देश, महादेश तथा समस्त मानव जीवनमा शान्ति तथा सामञ्जस्यता स्थापना गर्नु कार्यक्रमको मुख्य उद्धेश्य थियो।

समुद्री सतहदेखि १७,६०० फिट उचाइमा रहेको सगरमाथाको आधार शिविरमा पहिलो पटक योग दिवस मनाइएको हो।

भारत गुजरातका भरत शर्मा तथा अन्य पर्वतारोहीहरुले विश्वकै सर्वोच्च शिखरको आधार शिविरमा योग अभ्यास गरी इतिहास रचेका छन्।

प्रकाशित मिति: : 2019-06-17 09:46:16

प्रतिकृया दिनुहोस्