बिल-मेलिण्डा गेट्सले 'प्यारेन्टिङ विथ लव एण्ड लजिक' मोडलमा हुर्काए तीन सन्तान

बिल-मेलिण्डा गेट्स परिवार । तस्बिर : एजेन्सी

संसारकै धनी व्यक्ति बिल गेट्सले आफ्ना तीन सन्तान 'प्यारेन्टिङ विथ लव एण्ड लजिक' मोडलमा हुर्काएको बताएका छन् ।  सन् १९७० को दशकमा साइकोलोजिस्ट, साइकेट्रिक र चाइल्ड  एडमिनिस्ट्रेटर  मिलेर विकास गरेको यो मोडलमा इमोसनल कन्ट्रोल, इमोशनल रिएक्सन कन्ट्रोल विधि अपनाइन्छ । तपाई पनि यो विधि अपनाएर आफू असल र सफल अभिभावक बन्न सक्नुहुन्छ ।

बिल गेट्स र मेलिण्डा गेट्सका दुई छोरी र एक छोरा गरी तीन सन्तान छन् । ठूली छोरी जेनिफर गेट्स स्टेनफोर्ड विश्वविद्यालयमा अध्ययन छिन् । छोरा रोरी जोन गेट्स र सानी छोरी फोबेल एडेल गेट्स लेकसाइट स्कूलमा पढिरहेका छन् । उनकी पत्नी मेलिण्डाले बालबच्चाको हेरचाह गर्नेलगायतका ८० प्रतिशत जिम्मेवारी निर्वाह गर्दै आएकी छिन् । 

बिल र मेलिण्डा 'प्यारेन्टिङ विथ लव एण्ड लजिक' मोडलमा आफ्ना तीन सन्तानलाई हुर्काइ रहेका छन् । यो मोडलमा इमोसनल कन्ट्रोल, इमोशनल रिएक्सन कन्ट्रोल विधि अपनाइन्छ । 

यस विधिमा बालबालिकालाई सानैदेखि आफ्नो इमोसनलाई कसरी नियन्त्रण गर्ने भन्ने बिषयमा सिकाइन्कोछ । यसको प्रयोगबाट उनीहरूले एकअर्कामा गलत बोल्ने प्रवृतिमाथि नियन्त्रण गर्छन्। कहिल्यै पनि एकअर्कासँग चिच्याउँदैनन् वा कराउँदैनन् । 

यो विधिमा कहिल्यै पनि बच्चासँग रिसाइदैन र आफ्नो रिस उनीहरूमा पोखिदैन । आफ्ना बालबच्चाको खराब  प्रदर्शन, बानी वा खराब रिजल्ट तथा प्रतिफललाई लिएर समेत कहिल्यै उनीहरुलाई कराइदैन। यस विधिमा बच्चाहरुलाई माया मात्र दिनुपर्छ र हरेक कुरा माया गरेरै सिकाउनुपर्छ । 

बच्चाहरुमा हरेक काम गर्दा उत्सुकता होस् र हरेक समस्या समाधान निकाल्ने खालको व्यवहारको विकास होस्- यस विधिको मूल ध्येय नै यही हुन्छ ।

यो विधिमा आमाबाबुले आफ्ना छोराछोरीलाई प्रश्न सोधेर उनीहरूलाई आफ्नो समस्या समाधानमा फोकस गराउन खोजिन्छ । 

वालबालिकालाई एउटा सन्तुलन कायम राख्ने गरी सबै कुरा गर्ने छुट हुन्छ । उनीहरूलाई घरबाहिर जान र आफ्नै बलबुताले केही काम गर्न तथा कमाउन सिकुन भन्ने ध्येयले चाहिनेभन्दा बढी कुनै पनि किसिमको सुविधा दिइदैन ।

बिल गेट्सले यही मोडलमा आफ्ना छोराछारीलाई हुर्काए । १४ वर्ष नपुगुन्जेल फोन दिएनन् । म्याक डोनल्ड लाइन लगाएर फ्राइज र कोक किन्न सिकाए । आफ्ना कर्मचारीलाई तिमीहरूले काम गरेकै कारण हामीले खान र लाउन पाएको हो भनेर धन्यवाद भन्न सिकाए । 

बिलले हरेक आइतबार आफ्ना सन्तानलाई क्याथोलिक चर्च लगेर ईश्वरप्रति कृतज्ञ हुन सिकाए । उनीसँग ९१२० करोड अमेरिकी डलर भए पनि हरेक छोराछोरीलाई एक एक करोड मात्र दिने बताए । उनले त्यही सिड मनीबाट बाँकि आफैंले गर्नुपर्ने  भनेका छन् ।

तपाई पनि बिल-मेलिण्डा गेट्सजस्तै 'प्यारेन्टिङ विथ लव एण्ड लजिक' मोडलमा आफ्ना सन्तानहरू हुर्काएर सभ्य र स्वावलम्बी बनाउन सक्नुहुन्छ । 

प्रकाशित मिति: : 2019-06-17 04:16:53

प्रतिकृया दिनुहोस्