शनिबार साँझको समय।
२ वर्षको विदेश बसाईपछि नेपाल आएको साथीले गफै गफमा भन्यो, ‘विदेशमा नेपालको एउटा कुरा असाध्यै मिस गर्छु,’ मैले ठट्टा गर्दै सोधे, ‘के हो त्यस्तो विशेष?’
पशुपतिमा हुने साँझको आरति
मैले सोधे, ‘यसपालि गयौ त?’
‘अहँ! छैन,’ उसले जवाफ दियो।
‘ल हिँड म आजै तिमीलाई लिएर जान्छु। एक त साँझको आरतिले मेरो मन पनि आनन्दित हुने, अर्को तिम्रो ईच्छा मैले पुरा गरिदिँदा भगवानले फेरि मेरो ईच्छा पुरा गर्लान् कि भन्ने आश’, ठट्यौली पारामा भने।
हामी सिधै पशुपतिको पारिपट्टि भजन हुने स्थलमा गएर बस्यौं।
साँझको समय भजन सुन्ने मानिसको भीड थियो। भजन सुन्दै कोही मस्तसँग नाचिरहेका थिए भने कोहि आँखाभरी आँशु पारिरहेका थिए।
म पनि त्यही भजनसँगै हराईरहेकी थिएँ। मेरो आँखा एक्कासी आफ्नो दायाँ तिर उभिएको एक विदेसी र उसको वरिपरी झुम्मिएका बच्चामाथि पर्यो। ती विदेशी बच्चासँग जिस्किरहेका थिए। यत्तिकैमा भजन सकियो, सबै आ- आफ्नो बाटो लागे।
हामी दुई त्यो विदेसीको गतिविधि केलाउँदै बस्यौं। उसको वरिपरि झुम्मिएका मध्ये केही तिररवितर भए केहीलाई लिएर उनी जंगल तिर लागे।
हामी धेरै बेरसम्म कुरेर बस्यौं। तर, उनीहरू फर्किएनन्।
‘नेपालमा बालयौन दुराचारका घटना पटक-पटक बाहिर आउँछन्। कतै त्यो विदेसीले पनि पशुपति वरिपरीको बच्चालाई यसरीनै फकाएर यौन शोषण त गर्दैन?,’ हामी आपसमा कुरा गर्न थाल्यौं।
‘अहो! पशुपतिनाथ जस्तो पवित्र मन्दिर वरीपरी बच्चामाथि कुनै पनि प्रकारको शोषण भएको हो भने हामीले यो कुरा बाहिर ल्याउनैपर्छ,’ भन्दै हामी फर्कियौं।
भोलिपल्ट फेरि पशुपति गयौं। त्यहाँ बसोवास गर्ने मानिससँग यसबारे बुझ्न थाल्यौं, तर अह! कसैले चुईक्क बोलेनन्।
एक दिन पशुपतिको पारीपट्टि चौरमा खेलिरहेका बच्चाहरु देख्यौं, अनि केही बुझ्ने प्रयास गर्यौं।
उनीहरूको अनुहारमा आएको निन्याउरोपनले यस्तो लाग्यो कि, उनीहरूले यस्ता गतिविधि भोगिसकेका छन्। तर, उनीहरूले ‘विदेसी आउँछ र सा-साना केटाकेटी लिएर जान्छ’, भने त्यो भन्दा बढी बोलेनन्।
त्यसपछि हामी सबैको घरघरमा पुग्यौं। घर वरिपरी गाँजा चुरोट खाने केटाहरु प्रशस्त देखिए।
हामी हरेक दिन जसो साँझ पशुपति क्षेत्रमा जान थाल्यौं। विस्तारै उनीहरु हामीसँग नजिकिए।
शनिबारकै दिन थियो, हामीले दिउँसो भेट्न आउँछौं भनेर बाचा गरेका थियौं। हामी पुग्दा चौरमा ४-५ जना बच्चा जम्मा भएर बसेका थिए। उनीहरूसँग कुरा गर्यौं।
पशुपति क्षेत्र वरिपरि बसोवास गर्ने ती बालकहरूलाई एयरपोर्ट नजिकै बस्ने एक जना विदेसीले हरेक शनिबार आएर फकाउने, विभिन्न खानेकुरा किनिदिने, भिडियो गेम खेल्न दिने र आफू बसेको कोठामा लैजाने रहेछन्।
नेपालकै प्रसिद्ध धार्मिक तिर्थस्थल क्षेत्रभित्र साना बालबालिकामाथि यस्ता यौन गतिविधि भईरहँदा सरकारले थाहा नपाएको होला त?
हामीले ती बालकसँग सोध्दा उनीहरूले भने,‘खैरेहरूलाई पुलिसले केही गर्दैन, बरू कहिलेकाहीँ हामी जस्तै बच्चा सडकमा देख्यो भने समातेर लैजान्छ र दिनभर थुनेर साँझ घर पठाउँछ,’ भने। उनीहरूको कुरा सुनेपछि हामीले त्यो बच्चालाई विदेसी बस्ने घर देखाउन भन्यौं।
हामी ती बालकसँग त्यो विदेसी बस्ने गेष्ट हाउससम्म पुग्यौ। तर, उसलाई त्यहाँ भेट्न सकेनौं।
उसलाई कानुनको कठघरामा पुर्याउने हाम्रो अभियान जारी छ। बाँकि भाग हामि पुन यहाँहरु सामु राख्नेछौं।
१ . केही वर्ष अगाडि बाल यौन दुराचार गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले अमेरिकी नागरिक ४८ वर्षिय कोनिक जोसेफ कन्मसलाई ठमेलबाट पक्राउ गर्यो ।
९० दिनको पर्यटक भिसामा भदौ ७ मा आईपुगेका कोनिक अमेरिकामा समेत दसौं पटक भन्दा बढी पटकसम्म बाल यौन दुराचार गरिसकेर अन्तर्राष्ट्रिय स्तरमै कुख्यात बाल यौन दुराचारी मानिन्छन्।
२. क्यानडाका नागरिक ६० वर्षीय अर्नेस स्याम्विक म्याकेन्टस्लाई ललितपुर जिल्ला अदालतले बालकलाई जबरजस्ती करणी गरेको ठहर गर्दै सजायको फैसला सुनायो।
जिल्ला अदालत ललितपुरका तत्कालीन न्यायाधीश टेकनारायण कुँवरको बन्द इजलासले ४८ दिन लामो बहस–पैरवीपछि ४४ पेज लामो फैसला गर्दै सजाय सुनाएको थियो । सो फैसला अहिले पनि बाल यौन दुराचारका घटनामा नजिर बन्ने गरेको छ ।
उनले अपांगता भएका १५ वर्षीय बालकलाई प्रलोभनमा पारेर ३ पटकसम्म यौन दुराचार गरेका थिए ।
क्यानेडियाली सैनिकबाट रिटायर्ड उनी कुख्यात अन्तर्राष्ट्रिय यौन दुराचारी हुन् ।
४. नेपाली बालकमाथि विभिन्न बहानामा गरिएका यी बाल यौन दुराचारीहरुका केही चर्चित र प्रतिनिधिमूलक घटना हुन् । बाह्य पर्यटनकै भेषमा कुख्यात बाल यौन दुराचारीहरु (पेडोफाइल) पनि नेपाल आउने गर्छन् । बालकसँग नजिक हुँदै माया र स्नेह देखाउँदै थाहा नपाइँदो गरी यौन दुराचार गर्छन्
५. बाल यौन दुराचारको विरुद्धमा काम गरिरहेका एक सामाजिक संस्था (नाम)का अनुसार सन् २०१३ देखि हालसम्म ३ सय ७० वटा वालयौन दुराचारका घटनाहरु बाहिर आएको छ।
विशेषगरी कमजोर आर्थिक अवस्था, गरिबी, साथी संगत विभिन्न आर्थिक प्रलोभनमा परेका बालबालिका, दैवी प्रकोपका कारणबाट विभिन्न जोखिममा परेका १८ वर्ष मुनिका सडक बालक यौनशोषणमा पर्ने गरेको देखिन्छ ।
यो पनि हेर्नुहोस्