काठमाडौं । नेपालले विश्वको शान्तिपूर्ण मुलुकको सूचीमा आफूलाई उल्लेख्य सुधार गरेको छ।
नेपालसँग दक्षिण एसियाका भुटान र पाकिस्तानले पनि ब्यापक सुधार गरेका छन्।
इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस (आईईपी) ले गरेको सन् २०१९ को विश्व शान्ति वार्षिक रिपोर्ट अनुसार दुई स्थान माथि आउँदै भुटान १५ औँ शान्तिपूर्ण देश भएको छ।
भूटानले शान्तिका चार संकेतमा राम्रो अंक प्राप्त गरेको छ र पुलिस दर र अतिक्रमण दरमा मात्र यसको स्कोर दुई भन्दा कम रहेको छ।
नेपाल भने यो वर्ष १२ स्थानले माथि उक्लँदै ७६ औं स्थानमा पुगेको छ।
दक्षिण एसियामा भूटान र श्रीलंकापछि नेपाल तेस्रो सबैभन्दा शान्तिपूर्ण मुलुक हो।
दक्षिण एसियामा अन्य क्षेत्रको तुलनामा आपराधिक समस्या कम छ र राजनीतिक रुपमा मात्र अशान्त रहेको छ। नेपाल शान्तिको मध्यम स्तरमा छ।
तर, यता भारतलाई भने अशान्तपूर्ण वर्गमा राखिएको छ। यो वर्ष चार स्थान तल झरेको भारत १४१ औं मा पुगेको छ।
त्यस्तै पाकिस्तान पनि २ स्थान तल १५३ औं मा रहेको छ। रूस यसको ठीक तल १५४ औं स्थानमा रहेको छ। चीन पनि नेपाल भन्दा तल ११० औँ स्थानमा मध्य शान्तिपूर्ण क्षेत्रमा परेको छ।
यो वर्ष अफगानिस्तान सिरियालाई प्रतिस्थापन गरि विश्वकै सबैभन्दा अशान्त देश बन्न पुगेको छ।
आईईपी एक स्वतन्त्र, गैर पक्षपातपूर्ण, गैर–लाभकारी अनुसन्धान संस्था हो। जुन विश्वमा शान्ति, सकारात्मकताप्रति सबै राष्ट्रलाई केन्द्रित गराउन समर्पित रहेको छ।
संसारभरका १६३ स्वतन्त्र राष्ट्रमा जारी घरेलु र अन्तर्राष्ट्रिय लडाईँ, समाजिक सुरक्षाको अवस्था, आतङ्कवाद्, सैनिकीकरणस्तरलगायत २३ संकेतकको आधारमा मूल्याङ्कन गरि आईईपीले सूचि सार्वजनिक गर्ने गर्छ।
यस्तोमा पाँच वर्षपछि पहिलोपटक विश्व शान्तिको स्तरमा सुधार आएको रिपोर्टले देखाएको छ। सन् २०१९ को रिपोर्ट अनुसार ८६ देशहरुमा सुधार आएको छ भने ७६ राष्ट्रहरुको शान्ति अवस्था खस्कदै गएको पाइएको हो।
सूचीमा आइसल्यान्ड पहिलो स्थानमा कायमै छ। यहाँ अपराधको स्तर अत्यन्तै कम र सुरक्षाको उच्च अवस्थामा रहेको छ।
रिर्पोटअनुसार आइसल्यान्डमा प्रति एक लाख मानिसमा वार्षिक १८ जनाको हत्या हुने गरेको छ। त्यस्तै दोस्रोमा न्युजिल्यान्ड त्यसपछि पोर्चुगल, अष्ट्रिया, डेनमार्क, क्यानडा, सिंगापूर, स्लोभेनिया, जापान र चेक रिपब्लिक शीर्ष दशमा रहेका छन्।
स्वीट्जरल्यान्ड ११ मा छ भने दक्षिण एसियाबाट भूटान १५ र मलेशिया १६ अनि ताइवान ३६ मा, इन्डोनेशिया ४१ मा अनि दक्षिण कोरिया ५५ मा र श्रीलंका ७२ औं स्थानमा रहेका छन्।
शान्तिमा सबैभन्दा अगाडि रहेको युरोपेली क्षेत्र अन्तर्गत बेलायत पनि यो वर्ष पाँच स्थान अगाडि ४५ मा आएको छ।
२०१८ मा युरोपमा हत्या लगायतका हिंसा सबैभन्दा चरम अवस्थामा पुगेको बताइएको छ। यता अमेरिका पनि चार स्थान तल १२८ औँ स्थानमा पुगेको छ।
यो वर्ष अफगानिस्तान सिरियालाई प्रतिस्थापन गरि विश्वकै सबैभन्दा अशान्त देश बन्न पुगेको छ।
यसपछि दक्षिण सुडान, अफ्रिकन रिपब्लिक इराक र कङ्गो पनि सबैभन्दा अशान्त देशहरुमा पर्दछन्।
हाल युद्व जारी रहेका मुलुकमा सिरिया, अफगानिस्तान, यमन, दक्षिण सुडान र पाकिस्तान रहेका छन् भने सैनिकीकरण धेरै भइरहेको देशमा इजरायल, रुस, अमेरिका, उत्तर कोरिया र फ्रान्स रहेका छन्।
यसरी २०१९ को रिपोर्टमा सबैभन्दा धेरै स्थानले माथि आउने देशहरुमा रूवान्डा, नर्थ मेकेडोनिया, जोर्डन, ग्रिस, इन्डोनेशिया, नेपाल, ताजकिस्तान, कतार, इस्वातिनी रहेका छन्।
त्यस्तै सबैभन्दा खराब प्रस्तुति निकारागुवाको रहेको बताइएको छ जुन ५४ स्थानले तल झरेको हो।
हेर्नुहोु् सूची