यस्तो पनि सानोबाबु : घुमाउने लैजाने भन्दै बलात्कार र अप्राकृति मैथुन

सानोबाबुको नाममा कलंक । तस्बिर : नेपाल प्रहरी

काठमाडोैंको गोदावरीमा एकजना यस्ता सानोबाबु भेटिएका छन् जसको हर्कत सुन्दा मात्र पनि जो कोहीको मनमा उसप्रति घृणा मात्र पैदा हुन्छ । 

उसले स्थानीय एक विद्यालयको होस्टलमा बसेर पढ्दै आएकी १३ वर्षीय बालिकालाई बेलाबेलामा घुमफिर गराउन लैजाने भन्दै बारम्बार बलात्कार गर्ने गरेको पाइयो। 

काठमाडौं बाहिर घर भएकी बालिकाका लागि उनी स्थानीय अभिभावक थिए ।  

गत शनिबार उसले गोदावरीको न्यु हिमालयन रेष्टुरेन्ट एण्ड गेष्ट हाउसमा लगेर मिठाइलगायत अन्य खानेकुरा खुवाई अप्राकृतिक मैथुन गर्न लगाएको थियो ।

त्यो कुरा साथीलाई बताएपछि विद्यालयका शिक्षकको कानमा पुग्यो। शिक्षकले बालिकालाई सोधेपछि उनले घटना भएको बताइन् । 

बालिकाको तर्फबाट प्रहरीमा उजुरी दिएपछि फरार रहेका उनलाई अन्तत: प्रहरीले गोदावरीकौ किटिनीमा लुकिरहेको अवस्थामा फेला पारेको छ ।

प्रहरीका अनुसार उसले आरोप स्विकार गरेको छ। 

प्रकाशित मिति: : 2019-06-16 09:31:25

प्रतिकृया दिनुहोस्