पोखरा, जेठ ३२
पोखराको चिप्लेढुंगा चोकको बिच सडक भासिएको छ। पोखरा–४ चिप्लेढुंगामा रहेको विपिको सालिक पछाडिको बिच सडक शनिबार बिहान भासिएको हो।
करिब आधा मिटर सडक भ्वाङ परेको हो। सडकमा भासिएको ठाउँमा डोजर ल्याएर खन्दा हिलो माटो र पानी निस्किएको वडा नम्बर चारका वडाअध्यक्ष शंकर बास्तोलाले बताए।
खानेपानीको पाइपबाट पानी लिग भएको र पानीकै कारण भासिकएको हुनसक्ने उनले बताए।
पोखरामा शुक्रबार दिउँसो ८३ मिलिमिटर वर्षा भएको थियो। पोखराका ठाउँमा जमीन भासिने गरेको थियो।