काठमाडौ, जेठ ३२
गत जेठ १२ गते काठमाडौंको अनामनगर र सुकेधारामा बम बिस्फोट हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ।
अनामनगर र सुकेधारामा एकै समयमा भएको विस्फोटमा तत्कालै चार जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए।
घाइते मध्ये नेकपा (बिप्लव) समूहका कार्यकर्ता रामेछाप स्थायी घर भएका राम कुमार श्रेष्ठको शनिबार बिहान ॐ अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएसँगै घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको हो।
यसअघि बिस्फोटमा मृत्यु हुनेमा बझाङ घर भई कलंकी बस्ने वर्ष २६ का प्रज्वल शाहीको अनामनगरमा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै सुकेधारा बिस्फोटमा कालिकोटका विभुराम भनिने वर्ष २८ का डिपेन विक, वर्ष ४० का निरन्तर मल्ल र दाङको बबही गाँउपालिकाका वर्ष ३२ का गोकुल रानामगर रहेका छन्। आज ज्यान गुमाउने पनि सुकेधारा विस्फोटकै घाइते हुन्।