कञ्चनपुर र रामेछापमा बस दुर्घटना ५ जनाको मृत्यु

दुर्घटनास्थल

कञ्चनपुरको भीमदत्तनगरपालिका–८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान जेसिबीले ठक्कर दिँदा अटोरिक्सामा रहेका तीन सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

पश्चिम दिशातर्फ आइरहेको से १ त ७३३ नंको जेसिबीले ठक्कर दिँदा मे १ ह ७६३ नंको अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

अटोमा रहेका पाँच जना घाइते भएका छन्। घाइतेको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचार हुँदैछ। उनले घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।   

त्यस्तै रामेछापमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। १३ जना घाइते भएका छन्। काठमाडौंबाट रामेछापका गइरहेको बा २ ख ७२४२ नम्बरको अरनिको यातायात सेवा समितिको बस गएाति लखनपुरको गुरासेँ भन्ने ठाउँमा दुर्घटना भएको हो।

दुर्घटनामा परेर मृत्यु हुनेमा रामेछाप दोरम्बा गाउँपालिका ६ का उद्धव गौतम र हरिबहादुर कार्की रहेका छन्। दुर्घटनापछि उपचारको लागि काभ्रेको धुलिखेल लैजाने क्रममा उनीहरुको बीच बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

दुर्घटनामा घाइते भएका १३ जनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ। गाडी सडकबाट झण्डै ५० मिटर तल खसेको छ। चालकले रक्सी खाएर गाडी चलाउँदा दुर्घटना भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

प्रकाशित मिति: : 2019-06-14 11:37:54

प्रतिकृया दिनुहोस्