रंगेली, जेठ ३०
रंगेली नगरपालिका बडा नम्बर ७ मा रहेको मुसहर बस्तिमा डेंगु रोगको संक्रमणको सम्भावना देखिएको छ।
रंगेली-कानेपोखरी सडक खण्डमा अन्तर्गत भानु बोर्डिङ स्कुल नजिकै सडक निर्माणका क्रममा नाला निर्माण गरे पनि नालामा रहेको पानीको निकास नहुँदा अहिले नालामा पानी जम्नु का साथै फो थुप्रिएको छ।
यही स्थानको फोहोरले नालामा डेंगु संक्रमण हुनसक्ने देखिन्छ। एक वर्ष अगाडि नाला निर्माण भए पनि उक्त नालामा सल्याप नहुँदा फोहर पानी जमिरहेको छ।
यसले नजिकैको बस्तीमा मछड देखिन थालेको स्थानीयले बताए।
यो क्षेत्रमा अहिले ४० घर दलित बस्ती रहेको छ।
बिगत एक महिना अगाडिदेखि सुनसरीको धरान, विराटनगरसहित झापका केही स्थानमा डेंगु संक्रमण देखा परेको छ।
नालामा जम्मा रहेको पानी नफ्याँक्दा रोग फैलँदै गएको स्वार्थ्यकर्मीहरूले बताएका छन्।
सुनसरीमा हालसम्म ५ सय ४८ जनामा डेंगुको संक्रमण देखापरेको छ।
स्थानीय देवमणि कटुवालका अनुसार रंगेली नगरपालिका भित्र सबै अधिकार प्राप्त भए पनि ध्यानाकर्षण गर्नुपर्ने र फोहर नालामा लामखुट्टेको लार्भा उत्पन्न हुने भएकोले नालाको फोहर पानी व्यवस्थापन चाडै गरिनुपर्ने भएको छ।
यसमा नगरपालिकाले आफ्नो कार्यक्षेत्र भरी डेंगु फैलन नदिन किटनाशक औषधि छर्नुपर्ने कुरामा जोड दिएका छन्।
स्थानीय रजिया देवि ऋिषिदेवका अनुसार राति अत्याधिक गर्मी हुने गरेको र अधिकांशको घरमा लामखुट्टेबाट बच्न झुलसमेत नभएकाले लामखुट्टेले बढी दुःख दिएको छ।
अहिले मोरङमासमेत डेंगु रोग देखिएकाले आफूहरू समस्यामा परेको बताईन्। नगरपालिकाले यस तर्फ ध्यान दिनुपर्ने उनको भनाई छ।
मोरङमा अहिलेसम्म ९ जनामा डेंगुको संक्रमण देखापरेको छ।
जस मध्ये मोरङको सुन्दर हरैँचामा ४ जना, उर्लाबारीमा १, बेलबारीमा १, केराबारीमा १ र विराटनगरमा महानगरपालिकामा २ जनामा डेंगुको संक्रमण देखिएको छ। झापा, मोरङ र सुनसरी गरी जम्मा ५ सय ६० जनामा डेंगु देखापरेको छन्।