क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको एक तस्बिर सार्वजनिक भएपछि उनी नेपालमा विवादमा तानिएका छन् । उनलाई अंगलो हालेर तस्बिर खिचाएका क्यानडेली नागरिक पिटर जोन डल्ग्लिस वालयौन दूराचारमा दोषी पाइएपछि त्यही तस्बिरलाई लिएर उनी विवादमा तानिएका हुन् ।
संयुक्त राष्ट्र संघका पूर्ववरिष्ठ कर्मचारी पिटर विश्वका गरिब र युद्धग्रस्त देशका सडक तथा युद्ध प्रभावित बालबालिका संरक्षकका रुपमा चिनिएका थिए । उनले नेपालमा हिमालयन कम्युनिटी फाउण्डेसन खोलेर शिक्षाको उज्यालो घामबाट बञ्चित भैरहेका गरिव बालवालिकाको शिक्षाका लागि काम गर्दै आएका थिए । तर, यो आवरणमा उनी गरिव बालकहरूको सम्पर्कमा पुगेर यौन दूराचार गरिरहेको सूचना नेपाल प्रहरीलाई प्राईत भएको थियो। त्यही सूचनाको आधारमा उनीमाथि प्रहरीले निगरानी बढाइरहेको थियो ।
उनलाई २०७४ सालक चैत ३ गते नेपाल प्रहरीले दुईजना नाबालिगसँग रंगेहात पक्राउ परेको थियो। त्यसपछि काभ्रेमा कैदीबन्दी जीवन बिताइरहेका उनीविरूद्धको मुद्दा १४ महिनामा फैसला भएको छ । काभ्रे जिल्ला अदालतले उनलाई दोषी ठहराएको छ र उसका लागि असार १३ मा सजाय तोक्ने बताएको छ ।
पक्राउ परेपछि उनले क्यानडामा रहेको आफ्नो शक्ति प्रयोग गर्दै एक अनुसन्धान टाेली ल्याएर मुद्दाकाे बहस र अनुसन्धान गराएका थिए। यस्तै उनले आफुलाई निर्दाेष देखाउदै अन्तर्राष्ट्रिय सञ्चार माध्यम समेत गुहारेका थिए। उनी पक्राउ परेपछि राेयल क्यानेडियन पुलिसकाे बिशेष टाेली नेपाल आएको थियो ।
उनले यो सबै क्यानडाका प्रधानमन्त्री ट्रुडोसँगको सम्बन्धका आधारमा ल्याएको विश्वास दिलाएका थिए ।
पिटरले यसरी आफ्नो हर्कतको वचाउका लागि प्रयोग गरेकाले क्यानडाका प्रधानमन्त्री ट्रुडोलाई हेर्ने नेपालीको दृष्टिकोण सकारात्मक नहुनु स्वभाविक थियो । अहिले त झन उनी दोषी नै प्रमाणित भएपछि यसले ट्रुडोको छवि थप नकरात्मक हुन पुगेको छ ।
यस बारेमा क्यानडाका प्रधानमन्त्री ट्रुडो वा सरकाका तर्फबाट कोही आधिकारिक व्यक्ति वा संस्था बोल्न जरूी छ । अन्यथा यसले उनको छवि अरू खराव हुन सक्छ ।