मोरङको रंगेली नगरपालिका-२ बबियाबिर्तास्थित भेडियाथानमा सोमबार राति गोठमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ।
मेघुवा मुड्यारीको घरमा अचानक लागेको आगोले एउटा गाई, बाछी, दुई वटा राँगा, दुई वटा बाख्रा जलेर नष्ट हुनुका साथै घरमा रहेको अन्नपात, लत्ताकपडा, जिन्सीलगायत सामानहरू नष्ट भएका छन्।
आगलागी हुँदा ४ लाख रूपैयाँ बराबर क्षति भएको प्रहरीको अनुमान छ। सोही घर नजिकै रहेको बेचना मुडियारी घरमासमेत आगो सल्किँदा दुई वटा घर र एउटा गोठमा समेत आगलागी हुदाँ लत्ताकपडा जिन्सी गरेर ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
स्थानीय, प्रहरी, दमकलले आगो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
आगलागीबाट पूर्ण रूपमा क्षती भएको घरपरिवारलाई रंगेली नगरपालिकाका मेयर दिलिप वगडिया, उपमेयर केशब कुमारी खराल, कार्यकारी अधिकृत टोम प्रसाद सुवेदी, वडा अध्यक्षलगायतले पीडित परिवारलाई कम्वल, बाल्टिन, चामललगायत ३० हजार रूपैयाँ बराबरको सामग्री बितरण गरेका छन्।
त्यसैगरी रोटरी क्लब अफ बिराटनगर, फ्यूजन र रोटरी क्लब अफ बिराटनगर डाउन टाउनले ग्यास चुलो, भाँडाकुँडा, चामललगायत ५० हजार रुपैयाँ बराबरको सामाग्री पीडित परिवालाई वितरण गरेका छन्।
रंगेली नगरपालिकाको कार्यपालिका निर्णयबाट बिगत वर्षदेखिनै नगरपालिका भित्र कुनै पनि परिवारको घरमा आगलागी हुँदा १० हजार रुपैयाँ समेत दिने गरिएको मेयर दिलिप बगडियाले बताए।