पहिलेभन्दा सफल भएको हो साग खेलकुद?

नेपालले तेस्रो पटक दक्षिण एसियाली खेलकुद (साग)को आयोजना पूरा गर्‍यो। २०४१ सालमा पहिलोपटक साग आयोजना गरेको नेपालले २०५६ सालमा आठौं साग आयोजना गरेको थियो। यसपटक १३औं साग पहिलेको दुई आयोजनाभन्दा सफल रहेको बताइएको छ। 

नेपालले जितेको ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदकका साथै उद्घाटन र समापनको दिन रंगशाला परिसरको झिलिमिलीले पनि साग सफल नै देखिन्छ।

त्यसमा ‘जित्नेका प्रधानमन्त्री’ केपी शर्मा ओलीले विजेता खेलाडीलाई बालुवाटारमा भोज गरेर लाखौं रुपैयाँ दिने घोषणा गरिदिएपछि त सफलता अझ उचालियो। जसमा प्रधानमन्त्रीले स्वर्ण जित्नेलाई ९ लाख, रजत जित्नेलाई ६ लाख र कास्य जित्नेलाई ३ लाख रुपैयाँ दिने घोषणा गरे।    

प्रकाशित मिति: : 2019-12-12 11:56:50

प्रतिकृया दिनुहोस्