'मुस्लिमविरोधी' विवादास्पद कानुनले भारतमा विभाजन

तस्बिर:एजेन्सी

भारतको संसद्ले गैरकानुनी रूपमा अफगानिस्तान , बाङ्ग्लादेश र पाकिस्तानबाट आउने गैरमुस्लिम आप्रवासीहरूलाई नागरिकता दिने प्रावधान भएको एउटा विधेयक पारित गरेको छ।

तल्लो सदन लोकसभाबाट पारित भइसकेको विधेयक माथिल्लो सदन राज्यसभामा १२५ मतसहित स्वीकृत भएको हो।

उक्त विधेयकविरुद्ध राज्यसभामा १०५ मत खसेको थियो।

नागरिकता संशोधनसम्बन्धी यस विधेयक अब प्रमाणित भएपछि कानुन बन्नेछ।

विरोध

माथिल्लो सदनमा सत्ताधारी भारतीय जनता पार्टी भाजपाको बहुमत नरहेकाले यस कानुनलाई भारतमा एउटा परीक्षण मानिएको थियो।

प्रकाशित मिति: : 2019-12-12 11:48:17

प्रतिकृया दिनुहोस्