प्रधानमन्त्रीको स्वास्थ्य र संविधान

‘राइट टु वी गभर्नड बाई फिजिकल्ली, मेडिकल्ली एन्ड मेन्टल्ली हेल्दी पीएम’ नेपालीको राजनीतिक अधिकार हो।


प्रधानमन्त्री केपी शर्मा ओली झण्डै दुईतिहाइ बहुमतप्राप्त सरकारको राम्रो छविका कार्यकारी अधिकारसम्पन्न प्रधानमन्त्री हुनुहुन्छ। प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको छ। उहाँको भर्खरै एपेन्डिसाइटिसको शल्यक्रिया पनि भएको छ। तर पनि उहाँको मनोबल हेर्दा एक जवान र बहादुर सिपाहीले गोली लाग्दा पनि मतलब नगरेर आफ्नो कामप्रति ध्यान दिएको जस्तो मनोबल उहाँमा देखिएको छ। सायद धेरै कम व्यक्तिमा यस्तो मनोबल होला।

प्रधानमन्त्रीको स्वास्थ्यको अवस्था प्रत्येक मिडियामा हेडलाइन न्युज बन्ने गरेको छ। देशको कार्यकारी अधिकारसम्पन्न प्रधानमन्त्री स्वास्थ्यका बारेमा मिडिया र समाजलाई चासो हुनु स्वाभाविक हो। नेपालको संविधान २०७२ ले संसदीय व्यवस्था –प्राइम मिनिस्टियर मोडेल– क्याबिनेट सिस्टम अफ गभरमेन्ट अपनाएको छ। यस्तो व्यवस्थामा कार्यकारी अधिकार मन्त्रिपरिषद्मा रहन्छ। मन्त्रिपरिषद्को अध्यक्षता प्रधानमन्त्रीबाट हुन्छ। यस्तो संवैधानिक व्यवस्थामा राष्ट्रपति वा राजा सेरेमोनियल राष्ट्र प्रमुख हुन्छ। गणतन्त्र भएको देशमा राजा हुने कुरा भएन।

प्रकाशित मिति: : 2019-12-11 10:20:46

प्रतिकृया दिनुहोस्