त्यसपछि दशरथ रंगशालामा सन्नाटा छायो…

Onlinekhabar.com

आठौं सागमा पुरुष फुटबलतर्फ नेपाललाई रजत पदक जिताउँदा टिमका महत्त्वपूर्ण सदस्य थिए, वसन्त गौचन । त्यतिबेला ‘प्लेयर अफ टुर्नामेन्ट’ भएर मोटरसाइकल पुरस्कार पाएका गौचन दुई हप्तादेखि काठमाडौंमा छन् । तर ‘ए क्लास’ प्रशिक्षक लाइसेन्सको तयारीका कारण राम्रोसँग साग हेर्न भने पाएका छैनन् ।

१७ वर्षमै दर्शकहरूको प्यारो बनेका पोखरेली ठिटोमा त्यस्तो के जादु थियो त ? ‘उनी क्रिएटिभ पासमा माहिर थिए’, राष्ट्रिय टीमका सर्वाधिक गोलकर्ता हरि खड्का भन्छन्, ‘वसन्तको अर्को कौशल भनेको विथ बल (बलसँग कुद्न सक्नु) हो ।’

गत १० वर्षयता जापान बसेका उनी विद्यालय जानबाट वञ्चित बालबालिकालाई फुटबलमार्फत औपचारिक शिक्षामा प्रेरित गर्न लागिपरेका छन् । यसअन्तर्गत जापानमा हुने कोपा पुमा टोरेरस कपमा नेपाली टिम पनि सहभागी हुन थालेको तीन वर्ष भयो ।

प्रकाशित मिति: : 2019-12-09 09:39:59

प्रतिकृया दिनुहोस्