सभामुखको अधिकार प्रयोग गर्दै धमाधम उपसभामुखको निर्णय, सूचना आयोगमा पदाधिकारी सिफारिस

फाइल तस्बिर

सभामुखको रिक्ततापछि उपसभाखले के–के कामकाज गर्ने अहिले बहस छ। सभामुखको अनुपस्थितिमा उपसभामुखले सभामुख सरह कामकाज गर्न पाउने एकथरि तर्क छन्। अर्काथरिले संविधान त्यसको बाधक रहेको बताउँदै आएका छन्। 

असोज १४ गते सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि उपसभामुखको भूमिका र अधिकारबारे बहस जारी छ। 

यसबीचमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले विधेयक प्रमाणीकरणको संवैधानिक अधिकारक भए वा नभएकोबारे सचिवालयका कर्मचारी, राजनीतिक दलका नेता र कानुन व्यवसायीसँग पनि परामर्श गरिन्। त्यतिमात्र हैन सभामुखले निर्णय लिने प्रशासनिक काम कारबाहीमा आफूलाई सहयोग गर्न संसदीय समितिका सभापतिहरुलाई बोलाएर समर्थन पनि मागिन्। तर, उक्त प्रयास सफल हुन सकेन। 

एकपछि अर्को अधिकार प्रयोगको प्रयत्न गर्दै आएकी उपसभामुखले राष्ट्रिय सूचना आयोगकाक पदाधिकारी सिफारिस भने सभामुखकै हैसियतले गरेकी छिन्। 

प्रकाशित मिति: : 2019-12-09 09:36:23

प्रतिकृया दिनुहोस्