कामको बोझले थिचिएका छन् कर्णाली अञ्चलका महिला

नलगाड नगरपालिका-५ पोखरा, जाजरकोटकी शर्मिला कुसारी घरखर्च चलाउने पैसाको जोहो गर्न भारत आउजाउ गर्छिन्।

स्याउ टिप्ने समय आरम्भ भएपछि यसपालि आफन्तसँग भारत गएर घर फर्किएकी उनले चार महिनामा झन्डै ६० हजार रुपैयाँ कमाएर ल्याएको बताइन्।

तेह्र वर्षअघि कमाउन भारतको कालापहाड गएका उनका पतिको अहिलेसम्म केही अत्तोपत्तो छैन।

"छोराछोरी सानै छन्, साथ दिने अरू कोही छैन्," उनी भन्छिन, "वर्षभरिको खर्च जुटाउन कालापहाड जान बाध्य भएँ।"

प्रकाशित मिति: : 2019-12-09 09:34:26

प्रतिकृया दिनुहोस्