बाबाको स्कुटरबाट झरेर स्कुल छिर्न लागेकी प्रकृतिले गुमाइन् दुबै खुट्टा

अस्पतालमा उपचाररत प्रकृति चन्द। तस्बिर सौजन्य: संगिन शर्मा/काँचुली खबर।

बाँकेको कोहलपुरस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्छिन्, प्रकृति चन्द। सधैँझै आइतबार बिहानै उनका बुवाले भे ६ प २७४० नम्बरको स्कुटरमा राखेर प्रकृतिलाई विद्यालय पुर्‍याए।

१० बज्नै लागेको थियो। विद्यालयको गेटअगाडि प्रकृतिलाई ओरालेर उनका बुवा अघि बढे। तर प्रकृति विद्यालयको गेट पार गर्न सकिनन्।

कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालयकै अगाडि प्रकृतिलाई ठक्कर दियो।

उनका कलिला खुट्टा ट्रकका चक्काले कुच्चिए। जुत्ता एकातिर, मोजा अर्कैतिर। प्रकृति चिच्चाइन्, छटपटाइन्।

प्रकाशित मिति: : 2019-12-09 09:32:53

प्रतिकृया दिनुहोस्