नारायणगोपाल बितेको तीन दशकपछि पूरा हुँदै उनको सपना

मान्छेका केही सपना उसको मृत्युपछि पनि पूरा हुने रहेछन्।

लोकप्रिय गायक तथा संगीतकार नारायणगोपाल गुरुवाचार्यको एउटा अधूरो सपना उनी बितेको झन्डै तीन दशकपछि पूरा हुने भएको छ।

२०४७ मंसिर १९ गते ५१ वर्ष उमेरमा निधन भएका नारायणगोपालले एउटा संगीतघरको परिकल्पना गरेका थिए– गीतगंगा।

यही सपनासँग उनकी श्रीमती पेमला पनि जीवनको अन्तिम क्षणसम्म जोडिइन्। पेमलाका अनुसार, नारायणगोपालको चाहना थियो- मृत्युपछि आफ्नो घरमा संगीत प्रशिक्षण केन्द्र खोलियोस् र त्यसमा निमुखा बच्चाहरूलाई समेत संगीत सिकाउने वातावरण बनोस्।

प्रकाशित मिति: : 2019-12-09 09:07:04

प्रतिकृया दिनुहोस्