दुई बालिका हजुरबुवा र ठुलोबुवाबाटै बलात्कृत

ओखलढुंगा– ओखलढुंगामा आफन्तबाटै दुई बालिका बालित्कृत भएको घटना सार्वजनिक भएको छ। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा दुई बालिका आफन्तबाटै बलात्कृत भएको घटना बाहिरिएको हो। जिल्लाको मोलुङ गाउँपालिकाकी १४ वर्षीय बालिका उनकै ठुलोबुवा पर्ने करिब ४७ वर्षीय पुरुषबाट बलात्कृत भएकी हुन्।

प्रहरीमा जाहेरी परेपछि बलात्कारको आरोप लागेका उनका ठुलोबुवा फरार भएका छन्। उनको खोजी कार्य भईरहेको प्रहरी निरिक्षक राजिब श्रेष्ठले बताए। ति बालिका गत असोज १४ गते उनकै ठुलोबुवाबाट बलात्कृत भएको प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। डर, त्रासका कारण घटनाका विषयमा बालिकाले कसैलाई जानकारी दिएकी थिईनन्।

प्रकाशित मिति: : 2019-12-08 18:15:07

प्रतिकृया दिनुहोस्