बाबाको स्कुटरबाट झरेर स्कुल छिर्न लागेकी प्रकृतिले गुमाइन् दुबै खुट्टा

बाँकेको कोहलपुरस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्छिन्, प्रकृति चन्द। सधैँझै आइतबार बिहानै उनका बुवाले भे ६ प २७४० नम्बरको स्कुटरमा राखेर प्रकृतिलाई विद्यालय पुर्‍याए।

१० बज्नै लागेको थियो। विद्यालयको गेटअगाडि  प्रकृतिलाई ओरालेर उनका बुवा अघि बढे। तर प्रकृति विद्यालयको गेट पार गर्न सकिनन्। 

कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालयकै अगाडि प्रकृतिलाई ठक्कर दियो।

प्रकाशित मिति: : 2019-12-08 17:57:36

प्रतिकृया दिनुहोस्