प्रचण्डलाई भैंसीपूजा गराउने सिद्धबाबाको काण्डैकाण्ड, चेक बाउन्स, दोहोरो नागरिकतादेखि ‘बलात्कार’सम्म

आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा नामले चर्चित कृष्णदास गिरी अहिले प्रहरीको प्रत्यक्ष निगरानीमा छन्।

गत ४ कात्तिकमा एक युवतीमाथि बलात्कार गरेको अभियोगमा उनी अहिले प्रहरी निगरानीमा छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) यज्ञविनोद पोखरेलले भने कृष्णदास प्रहरीको निगरानीमा रहेको बताए। ‘स्वास्थ्य समस्या भएकाले अस्पतालमै राखिएको छ,’ उनले टेलिफोनमा भने, ‘हामीले बलात्कार आरोपबारे अनुसन्धान गरिरहेका छौं।’

भण्डारी थरकी एक युवतीले गिरीलाई लामो समयदेखि एसएमएस पठाउने गरेको खुलेको छ। उनले बाबालाई हालसम्म ५२ वटा एसएमएस पठाएको भेटिएको छ।

प्रकाशित मिति: : 2019-12-05 08:54:23

प्रतिकृया दिनुहोस्