दोस्रो शीतयुद्धका बाछिटा

Photo Credit :annapurnapost.com

शीतयुद्धको समाप्तिसँगै भू–अर्थनीति भू–राजनीतिसँग प्राथमिकतामा जोडियो। सबैको ध्यान खोजी बजार, विकासतिर गयो। तत्कालीन अमेरिकी विदेशमन्त्री क्रिस्टोफर वारेन भियतनाम भ्रमणमा जाँदै गर्दा प्रश्न सोधियो, ‘शत्रु राष्ट्र भियतनाम जाँदै हुनुहुन्छ, विगत बिर्सनुभयो ? ’ उनले भने– पहिले (शीतयुद्धकालमा) हामी बढी सुरक्षामा केन्द्रित थियौं, अब अमेरिकी वस्तु बिक्रीका लागि ठूला–ठूला बजारको खोजी छ। सबैको ध्यान अर्थतन्त्र बलियो बनाएर राष्ट्रिय शक्तिका आधारशिला मजबुत गर्ने र रूपान्तरणको एजेण्डातिर गयो।

खुला अर्थतन्त्र, खुला बजार नीति अपनाउँदै भू–मण्डलीकरणको लहर आयो। सीमा खुकुलो गर्ने या बोर्डर वल्र्डका अवधारणा अगाडि आए। वस्तु, सेवा र मानिसको आवत–जावत बढ्दै गयो। यसबाट चीनलगायतका केही सक्षम राष्ट्रहरूले व्यापार, लगानी बढाउँदै आर्थिक विकास गरे।

अमेरिकी नेतृत्वमा चलेको अन्तर्राष्ट्रिय विश्व राजनीति र अर्थ–व्यवस्थाप्रतिको आकर्षण बढ्दै गयो।

प्रकाशित मिति: : 2019-11-22 12:26:46

प्रतिकृया दिनुहोस्