चिकित्सा शिक्षा : समस्या र समाधान

Photo Credit :Nayapatrika

विद्यमान अवस्था : मुलुकको चिकित्सा शिक्षा यतिवेला बहसको केन्द्रमा छ । विगतदेखि जम्मा भएका समस्या अहिले सतहमा देखिएका छन्, अझ बाहिर उजागर भएका छन् । यी समस्या, कतिपय प्रणालीगत कमजोरीका कारण सिर्जित छन् भने कतिपय नियम तथा प्रावधान कार्यान्वयन हुन नसकेर आएका हुन् । अनुगमन हुन नसकेर वा भएका अनुगमनका सुझाब कार्यान्वयन नभएर पनि कतिपय समस्या बल्झिएका हुन सक्छन् ।

विगतमा दीर्घकालीन योजना नबनाईकन निजी कलेजलाई सम्बन्धन दिने कामले अहिले समस्या ल्यायो । आवश्यक तयारी नगरीकन निजी लगानी भित्र्याउने कामले चिकित्सा शिक्षा बजारका अन्य वस्तुसरह किन–बेचको वस्तु बन्न पुग्यो । शुल्क बढाबढको अवधारणाबाट विद्यार्थी भर्ना गर्ने वातावरण सिर्जना हुनपुग्यो । कमजोर संस्थागत जवाफदेहिताले समस्या अझ बढाउने काम ग-यो । यसका साथै नेपाली समाजको मनोविज्ञान पनि उत्तिकै जिम्मेवार कारक तत्वका रूपमा विगतदेखि रहिरह्यो । 

 

प्रकाशित मिति: : 2019-11-22 12:22:37

प्रतिकृया दिनुहोस्