प्रजिअ बाहिरिएसँगै पारिलो घाम

तस्बिरः गोरखापत्र

काठमाडौँ, मङ्सिर ६ गते । “केहीबेर घामछायाँ कक्षमा जाऊ न त,” बिहान १० बजे प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहाल कार्यालयबाट बाहिरिनेबित्तिकै कार्यकक्षमा भर्खरै पसेका केही कर्मचारी घाम ताप्न बाहिर निस्कन्छन् ।
राजधानीको बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौँको परिसर वरपर बाक्लै सेवाग्राही हातहातमा कागजपत्र बोकेर कोठाहरू चहार्दैछन् तर केही कर्मचारी भने पारिलो घाममा आनन्द लिँदै बाहिरिएका र नवनियुक्त मन्त्रीहरूबारे समीक्षा गर्दैथिए । सेवाग्राहीको बाक्लो भीड लाग्न थालेपछि करिब आधा घन्टापछि कर्मचारी कार्यकक्ष प्रवेश भने गरे ।

प्रकाशित मिति: : 2019-11-22 09:54:49

प्रतिकृया दिनुहोस्