मन्त्रिपरिषदमा यस्तोसम्म हुन्छ

राष्ट्रपतिनिवासमा शपथग्रहणपछि नवनियुक्त मन्त्रीहरूलाई बधाई दिँदै प्रधानमन्त्री ओली । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
  • मन्त्रिपरिषद्ले पारित गरेको मस्यौदाबाट बीचको पाना च्यातेर उद्योगमन्त्री मातृका यादवले संसद्मा विधेयकका रूपमा दर्ता गरिदिए
  • दिगम्बर झालाई दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने प्रस्तावमा मन्त्रिपरिषद्मा तर्क–वितर्क, अर्को बैठकमा अरू मन्त्री नआउँदै प्रधानमन्त्री र कानुनमन्त्रीले निर्णय गरिदिए

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई नियुक्त गर्ने प्रस्ताव सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट आएको थियो । तर, सो मन्त्रिपरिषद् बैठकमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा स्वयं उपस्थित थिएनन् । तत्कालीन मन्त्रीहरू गोकर्ण विष्ट, लालबाबु पण्डित, प्रदीप ज्ञवाली, रवीन्द्र अधिकारीले विवादास्पद व्यक्तिलाई अध्यक्ष नियुक्त नगरौँ भनेका थिए । तर, प्रधानमन्त्रीले गर्नुपर्ला, विचार गरौँ न भनेर दोहोर्‍याए । तीन–चारपटकसम्म मन्त्रीहरूले हुँदैन भनेर अडान लिए । रिसाएका प्रधानमन्त्री ओलीले क्याबिनेटको टेबल ठोक्दै भने, ‘स्टप द मिटिङ ।’

प्रकाशित मिति: : 2019-11-22 09:50:40

प्रतिकृया दिनुहोस्