बिएल संवाददाता
आफूलाई स्वघोषित जेन–जी अभियन्ता बताउँदै सरकारी कर्मचारी धम्क्याउँदै हिँड्ने अर्जुन शाहीसँग प्रहरीको परिचयपत्र भेटिएको छ।
बुधबार पक्राउ परेका शाहीको साथबाट प्रहरी सहायक निरीक्षक (असई) कुमार शर्मा नामको परिचयपत्र बरामद भएको काठमाडौं प्रहरी परिसर स्रोतले बतायो।
स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत ती असई शर्माले इन्स्पेक्टरमा नाम निकालेका छन्। तालिममा जाने तयारीमा रहेका उनले आफ्नो असईको कार्ड हराएको बताएका काठमाडौं प्रहरीले भनेको छ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका शाहीको परिवारमा राम्रो सम्बन्ध नरहेको बुझिएको छ।
बैंकिङ कसुर र वैदेशिक रोजगारीको बहानामा ठगीमा संलग्न रहेका शाहीको समूहले कक्षा ८ मा पढ्ने बेलामै सोही ठाउका साविक कालिका गाविस–९ का तुलाबहादुर शाहीको घरबाट तीनवटा बाख्रा चोरी गरेको खुलेको छ।
प्रहरीका अनुसार बाख्रा चोरीमा एकजना पक्राउ परे पनि शाही भने त्यहीबेला नै गाउँबाट भागेका थिए। प्रहरीको फरार अभियुक्त रहेका शाहीमाथि अनुसन्धानका क्रममा यी तथ्य फेला परेको हो।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया