बिएल संवाददाता
‘गाजामा युद्ध सकिएको’ घोषणा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलय गएका छन्। इजरायल हमासबीच सबैभन्दा महत्वपूर्ण मध्यस्थकर्ताका रुपमा ट्रम्पकै २० बुँदे प्रस्तावअनुसार युद्धविराम सम्भव भएको हो।
शुक्रबारदेखि औपचारिकरुपमा लागु भएको युद्धविराम सम्झौताअनुसार आज हमासले आफूसँग रहेका जीवित बन्धकहरूलाई रिहा गर्नेछ। हालसम्म हमासले नछोडेका ४८मध्ये लगभग २० जनामात्रै जीवित रहेको आशा गरिएको छ। बाँकी २६ जनाको मृत्यु भएपनि उनीहरुको अवशेष हमासले बुझाउनेछ। नेपाली युवा बिपिन जोशी र अर्का एकजना इजरायली नागरिकको अवस्थाका बारेमा अहिलेसम्म केही भनिएको छैन।
यद्यपि नेपाल सरकार, बिपिनका परिवार तथा इजरायल सरकारले समेत उनी जीवितै रहेको अपेक्षा गरेको छ। तर हमासले उनीहरुको अवस्थाबारे केही भनेको छैन। हमाससँगै इजरायलले पनि आफूसँग रहेका २५० बन्धक तथा १७००भन्दा धेरै कैदीहरू रिहा गर्नेछ।
बन्धक रिहाइ तथा अदलाबदलीका लागि इजरायलले तेलअभिवमा आफन्तहरूको सहभागितामा एक भव्य कार्यक्रम आयोजना गरेको छ। तेल अभिवस्थित होस्टेज स्क्वायरलाई सिंगारिएको छ। त्यहाँ आफन्तहरूको घुँइचो लाग्न थालेको छ।
आज इजरायलको संसदलाई सम्बोधन गरेपछि अमेरिकी राष्ट्रपति इजिप्ट जानेछन्। प्यालेस्टाइनमा पूर्णरुपमा युद्ध समाप्तीका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टमा अन्तर्राष्ट्रिय शान्ति सम्मेलन आयोजना गर्दैछन्।
खासगरी गाजामा पूर्ण र दीर्घकालीन शान्ति तथा पुनर्निर्माण र मध्यपूर्वमा शान्ति र स्थिरता कायम गर्ने उद्देश्य राखिएको यो सम्मेलनको अध्यक्षता ट्रम्पले गर्नेछन्। आयोजकका रुपमा इजिप्टका राष्ट्रपति अब्देल फतेह अल-सिसीले पनि आयोजक राष्ट्रका हैसियतले उक्क सम्मेलनको नेतृत्व गर्नेछन्।
इजिप्टको राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार यो सम्मेलनमा विभिन्न युरोपेलीदेखि खाडी राष्ट्रका कम्तीमा २० राष्ट्र तथा सरकार प्रमुखहरू सहभागी हुँदैछन्।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया