सोमबार, १७ नोभेम्बर २०२५

जेन–जी आन्दोलनमा टीओबीका सदस्यले बोकेको पेस्तोल कसको?

News Image
• • •

जेन–जी आन्दोलनका क्रममा तिब्बतीयन ओरिजिनल ब्लड (टीओबी)का सदस्यले पेस्तोल बोकेको भन्दै एउटा भिडियो भाइरल भएको छ।

टीओबी समूहका सदस्यले पेस्तोल बोकेको तस्बिर सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। पेस्तोल बोकेको तस्बिर आधिकारिकता पुष्टि भइनसकेकाले तस्बिरमा देखिएका व्यक्तिले पेस्तोल बोकेका हुन् वा होइनन् भन्ने थाहा भइनसकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

टीओबी लेखिएको ज्याकेट लगाएर काठमाडौंको बिजुलीबजारस्थित पुलमाथि हिडिरहेका व्यक्तिले कम्मरको पछाडि पेस्तोल घुसार्दै गरेको तस्बिरमा देखिन्छ। अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

परिसरका एक प्रहरी अधिकारी भन्छन्, ‘तस्बिरको आधिकारिकता पुष्टि भएको छैन। अनुसन्धान सुरु भइसकेको छ। प्रहरीबाटै लुटिएको हतियार हुन पनि सक्छ। पहिला त पेस्तोल बोकेको हो कि होइन भन्ने अनुसन्धान हुँदैछ।’

प्रहरी उच्च स्रोतका अनुसार उक्त भिडियोको सम्बन्ध जेन–जी आन्दोलनसँग सम्बन्धित नभएर अघि वा पछिको पनि हुन सक्छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!