मङ्गलबार, ११ नोभेम्बर २०२५

झापामा भेटियाे ३०३ राइफल

News Image
• • •

झापामा बेवारिसे अवस्थामा ३०३ वटा राइफल फेला परेको छ।

झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेटनजिक उक्त राइफल फेला परेको जानकारी स्थानीयवासीले इलाका प्रहरी कार्यालय दमकमा गराएका हुन्। 

झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आइतबार बिहान फेला परेका ती हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएका हुन्। 

उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!