सोमबार, १७ नोभेम्बर २०२५

आयोगले ३० गते बोलायो राजनीतिक दलहरूलाई

News Image
• • •

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तयारीमा जुटेको निर्वाचन आयोगले राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ।

आयोगले विभिन्न राजनीतिक दलहरूलाई पत्राचार गर्दै यही असोज ३० गते निर्वाचनसम्बन्धि छलफलमा निमन्त्रणा गरेको छ। आयोगका अनुसार नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलहरू तथा अघिल्लो निर्वाचनमा कम्तीमा एउटा वडा सदस्यसम्ममा जितेका राजनीति दलहरूलाई पत्र पठाएको हो।

यसअघि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका पनि प्रकाशित गरिसकेको छ। तर राजनीतिक दल लगायत निर्वाचन सम्बन्धित कुनै पनि पक्षसँगको छलफल र समन्वयबिनै कार्यतालिका निकालेको भन्दै आयोगको आलोचना भएको थियो।

उक्त तालिकामा उम्देवारी दर्ताको मिति र समय भने तोकिएको छैन।

आयोगका पदाधिकारीहरूले मंगलबार मात्रै प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन तयारीबारे छलफल गरेका थिए।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!