सोमबार, १७ नोभेम्बर २०२५

दुई पूर्वमन्त्रीसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा

News Image
• • •

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उनीहरूविरुद्ध पोखराको लिची बगानको जमिन हडप्नका लागि घुस लिएकोबारे अख्तियारले अनुसन्धान थालेको थियो। त्यो बेला नेकपा एमालेका नेता गुप्ता सामान्य प्रशासनमन्त्री थिए। भने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री थिइन्।

जग्गा हिनामिना गर्नेगरी जग्गाका दलालसँग मन्त्रीले गरेको कुराकानीको अडिओ सार्वजनिक भएपछि तत्कालीन मन्त्री गुप्ताले राजीनामा दिएका थिए। त्यसअघि नै रञ्जिता भने सरकारबाट बाहिरिइसकेकी थिइन्।

त्यो बेला प्रधानमन्त्री केपी शर्मा ओली थिए। अख्तियारले छानबिन सुरु गरे पनि फाइल भने अघि बढेको थिएन। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि ओली सरकार ढल्यो र सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो। त्यसपछि अख्तियार प्रमुखको पनि राजीनामा माग भइरहेको छ। जेनजीको एउटा समूहले मंगलबार अख्तियार प्रमुख प्रेमकुमार राईको राजीनामा माग्दै अख्तियारमै निवेदनसमेत दर्ता गराइसकेको छ।

बुधबार नै अख्तियारले दुईमन्त्रीसहित सातजना विरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूसँग ७८ लाख रुपैया बिगो पनि मागदाबी गरिएको छ।

उक्त प्रकरणमा मुछिएका भूमि व्यवस्थामन्त्री बलराम अधिकारीविरुद्ध ७८ लाख, रामचन्द्र अधिकारीविरुद्ध ५३ लाख, यामकुमारी गुरङविरुद्ध २५, तुलसीराम बुढा ७८ लाख र खमबहादुर पुन विरुद्ध २५ लाख बिगाे मागदाबी गरिएकाे छ। 

गत असार २८ मा तत्कालीन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ५३ लाख घुस मागेकाे अडिओ सार्वजनिक भएकाे थियाे। कास्कीकाे मालपाेतमा सरुवा गरिदिने भन्दै उनलेर उक्त रकम मागेका थिए। 
त्यसका लागि बिचाैलियाकाे काम भने रञ्जिताले गरेकी थिइन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!