मङ्गलबार, १८ नोभेम्बर २०२५

नेपालले जित्यो मलेसियाविरुद्धको महिला टि–ट्वान्टी सिरिज

News Image
• • •

महिला टि–ट्वान्टी अन्तराष्ट्रिय शृङ्खला नेपालले जितको छ।

बुधबार भएको फाइनल (पाँचौं) खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेसँगै नेपालले यो श्रृङ्खला जितेको हो। फाइनलमा नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको हो।

जम्मा पाँच खेलको श्रृङ्खलामा नेपालले ३–२ ले उपाधि हात पार्‍यो।

मलेसियाले दिएको १०४ रनको लक्ष्यलाई नेपालले पाँच विकेटको क्षतिमा १८ ओभरमै भेटाएको थियो। त्यसका लागि रुवि पोदारले २६, पूजा महतोले २३, रुविना क्षेत्रीले १५ (अविजित) तथा सम्झना खड्काले १३ रनको योगदान दिइन्।

टस जितेर पहिला ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा १०३ रन जोडेको थियो। यसक्रममा उसले सात विकेट गुमाउनुपर्‍यो।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!