सोमबार, १५ जुन २०२६

दैलेखमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु, पीडित परिवारद्वारा सडक अवरुद्ध

News Image
• • •

बुधबार दैलेखको पालताडामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेको परिचय भने तत्काल सार्वजनिक गरिएको छैन।

दुर्घटनापछि मृतकको परिवारले आज दिउँसाे करिब आधा घण्टा सडक अवरुद्ध गर्दै दोषी चालकलाई कारबाही र उचित, राहत मागसहित प्रर्दशन  गरेका थिए।

स्थानीय प्रशासन र सुरक्षाकर्मीको हस्तक्षेपपछि अवरोध खुलेको छ।

सडक अवरुद्ध हुँदा केही समयसम्म यातायात अवरुद्ध भए पनि अहिले आवागमन सामान्य अवस्थामा फर्किएको प्रहरी कार्यालय कालिकाेटले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!