आइतबार, ०६ सेप्टेम्बर २०२६

संसदीय सुनुवाइ समितिमा निर्विरोध सभापति चुनिए रामहरि

News Image
• • •

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ समितिका सभापति भएका छन्। शुक्रबार बसेको समितिको बैठकमा जेष्ठ सदस्य पशुपति समशेर जबराले उनी निर्विरोध सभापति चयन भएको घोषणा गरेका हुन्।

कर्मचारी विधेयकमा ‘कुलिङ अफ पिरियड’ व्यवस्थालाई बिगारेको पाइपछि छानबिन समितिले खतिवडालाई समेत जिम्मेवार भनेको थियो। त्यो बेला उनी राज्य व्यवस्था तथा सुशासन संसदीय समितिका सभापति दिए। त्यसलाई नैतिक जिम्मेवारी भन्दै उनले राजीनामा दिएका थिए।

त्यसपछि नेपाली काँग्रेसले ईश्वरीदेवी न्यौपानेलाई संसदीय सुनुवाइ समितिबाट राज्य व्यवस्थाको सभापति बनाएको थियो। ईश्वरीकै ठाउँमा खतिवडा सभापति चुनिएका हुन्।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!