बिएल संवाददाता
पछिल्लो २४ घण्टामा अफगानिस्तान लगातार भूकम्पले प्रभावित भएको छ।
शुक्रबार बिहानै ४.९ म्याग्निच्युडको अर्को भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ।
यसअघि बिहीबार राति क्रमशः ५.८ र ४.१ म्याग्निच्युडका दुई भूकम्प गएका थिए।
स्थानिय समय अनुसार पहिलो भूकम्प राति १०ः२६ बजे ५.८ म्याग्निच्युडको थियो भने दोस्रो ११ः५८ बजे ४.१ म्याग्निच्युडको मापन गरिएको थियो।
यसैबीच, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले कुनार र नंगरहार प्रान्तमा भूकम्प प्रभावित क्षेत्रका लागि आपतकालीन राहत पठाएको छ।
पछिल्लो विवरण अनुसार, भूकम्पमा एक हजार चारसय भन्दा बढीको ज्यान गइसकेको छ भने तीन हजार भन्दा बढी घाइते भएका छन्।
प्रारम्भिक राहत सामग्रीमा खाद्यान्न र बिस्कुट समावेश गरिएको छ भने थप सामग्री र कर्मचारी लैजाने उडान तयारीमा रहेको डब्लुएफपीले जनाएको छ।
डब्लुएफपीका क्षेत्रीय निर्देशक हेराल्ड मानहाड्र्टले प्रभावित क्षेत्रमा घर ध्वस्त, बाटो नष्ट, भूस्खलन र मानवीय क्षतिको वर्णन गर्दै उद्धार चुनौतीपूर्ण बनेको बताएका छन्।
भारतीय विदेश मन्त्री एस. जयशंकरले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत भारतको भूकम्प सहयोग काबुल पुगेको जानकारी दिएका थिए।
भारतले २१ टन राहत सामग्री पठाएको छ। जसमा कम्बल, पाल, स्वास्थ्य सामग्री, पानी ट्याङ्की, जेनेरेटर, भान्साका भाँडा, पानी शुद्धीकरण उपकरण, औषधि, ह्विलचेयर, हाइजिन किट र अन्य अत्यावश्यक सामग्री रहेका छन्।
खेलाडीको भविष्यमाथि भलिबल संघको गम्भीर खेलबाड, विनाप्रतिष्पर्धा राष्ट्रिय टोली घोषणाले निम्तियो विवाद
विदेशी युवतीलाई गर्भवती बनाएर बेपत्ता भएको आरोप खेपिरहेका सांसद कार्की अहिले जनताको गुनासो सुन्दै!
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया