महेश चौलागाईं
जुम्ला हिमा गाउँपालिका–६ जर्जाली माइती घरमा बस्दै आएकी एक महिला आइतबार दिउँसो मृत अवस्थामा फेला परेकी छन्।
कालिकोट जिल्ला तिलागुफा नगरपालिका–४ राचुली घर भएकी ४० वर्षीया मनशोभा अधिकारी थापाको शव स्थानीय खोला किनारमा देखिएको हो।
वडाध्यक्ष उपराज अधिकारीले दिउँसो करिब साढे २ बजे शव देखिएको प्रहरीलाई खबर गरेका थिए।
समाचार पाएलगत्तै प्रहरी निरीक्षक असीम हमालको नेतृत्वमा ६ जनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
मृत्युको कारण खुलिसकेको छैन। प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया