महेश चौलागाईं
मुगुको रारा छायानाथ नगरपालिका–१२ अन्तर्गत पर्ने कम्फा बेसी गाउँका बासिन्दा अहिले पनि दूषित पानी पिउन बाध्य छन्।
सुरक्षित खानेपानीको सुविधा नहुँदा यहाँका करिब ४० घरधुरीका स्थानीयवासी खोल्सो, नदी र पोखरीजस्ता सतही स्रोतको असुरक्षित पानी प्रयोग गर्दै आएका छन्।
स्थानीयका अनुसार विगतमा केही खानेपानीका योजना आएपनि ती योजना प्राविधिक कमजोरी, बजेट अभाव र कार्यान्वयनको कमजोर प्रक्रियाका कारण अधुरै रहेका छन्।
‘हामी वर्षौंदेखि खोलाको पानी उमालेर पिउँदै आएका छौं,’ स्थानीय खड्क बडुवालले भने, ‘बच्चाहरूमा झाडा–पखालाजस्ता समस्या बढेको छ। तर नगरपालिका वा सम्बन्धित निकायले कुनै चासो दिएको छैन।’
गाउँमा हालसम्म कुनै पनि आधिकारिक फिल्टर प्रणाली जडान गरिएको छैन। प्रमुख पानीका स्रोतहरू खोलानाला तथा पोखरीहरू नै भएको र ती स्थानहरूमा पशुहरू समेत जानसक्ने भएकाले पानी अझ बढी प्रदूषित हुने गरेको स्थानीयवासी बताउँछन्।
स्वास्थ्य संस्थाहरूले पनि दूषित पानीकै कारण बालबालिका, गर्भवती महिला तथा वृद्धवृद्धामा विभिन्न रोगको उच्च जोखिम रहेको चेतावनी दिँदै आएका छन्। स्थानीय स्वास्थ्य चौकीमा पानीजन्य रोगका बिरामीहरू दैनिकजसो पुग्ने गरेका छन्।
स्थानीय भिम बडुवालका अनुसार, ‘खानेपानीका लागि नापजाँच त वर्षौंअघि भइसकेको हो, तर पाइप त के, योजना कहाँ पुग्यो भन्ने जानकारी समेत छैन।’
वडाका बासिन्दाहरूले सुरक्षित र दीगो खानेपानीको व्यवस्था मिलाउन नगरपालिकासँग पटक-पटक आग्रह गर्दै आएका छन्। तर सुनुवाइ नभएको उनीहरूको गुनासो छ।
‘हामी पटक–पटक नगरपालिका र वडा कार्यालयमा गएका छौं, तर कुनै ठोस पहल भएको छैन,’ स्थानीय युवा रामबहादुर बडुवालले भने, ‘अब पनि चासो नदिए आन्दोलन गर्न बाध्य हुनेछौं।’
विकट पहाडी बस्ती कम्फा बेसीमा अझै पनि खानेपानीजस्तो आधारभूत सेवा नहुँदा स्थानीयावसीको स्वास्थ्य जोखिममा परेको छ।
दीगो योजना, स्रोतको संरक्षण र प्रभावकारी कार्यान्वयनमार्फत समस्या समाधान गर्न स्थानीयवासीको माग छ।
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया