बिएल संवाददाता
कमल गाउँपालिकाका किसानले अब वार्षिक सिंचाइ खर्चमा ५० प्रतिशत छुट पाउने भएका छन्।
गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा समावेश उक्त निर्णय अनुसार किसानले सिंचाइ बिलमा सहज सुविधा पाउने भएका हुन्।
गाउँपालिकाका कृषि तथा पशु सेवा संयोजक तथा वडा नं. १ का वडाअध्यक्ष केदार कटवालले यो योजना किसानको उत्पादन लागत घटाउन र कृषिमा प्रोत्साहन दिनका लागि ल्याइएको जानकारी दिए। उनका अनुसार, यसअघि ४ महिनाको सिंचाइ बिलमा मात्र ५० प्रतिशत अनुदान दिइँदै आएकोमा अब एकैपटक वार्षिक बिलमै छुट दिने व्यवस्था गरिएको हो।
कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले भने, ‘हामी कृषि क्षेत्रमै आत्मनिर्भर बन्न चाहन्छौं। त्यसका लागि किसानलाई राहत आवश्यक छ। सिंचाइ लागतमा अनुदान दिने निर्णय त्यसैको एक महत्वपूर्ण पाइलो हो।’
कमल गाउँपालिकाबाट सुरु गरिएको यो योजना अन्य पालिकाहरूले पनि अनुसरण गर्न थालेका छन्। किसानले लामो समयदेखि माग गर्दै आएको यस्तो राहत योजनाले कृषक वर्गमा उत्साह थप्ने अपेक्षा गरिएको छ।
खेलाडीको भविष्यमाथि भलिबल संघको गम्भीर खेलबाड, विनाप्रतिष्पर्धा राष्ट्रिय टोली घोषणाले निम्तियो विवाद
विदेशी युवतीलाई गर्भवती बनाएर बेपत्ता भएको आरोप खेपिरहेका सांसद कार्की अहिले जनताको गुनासो सुन्दै!
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया