बिएल संवाददाता
स्वास्थ्य स्वयंसेविकाहरुले राज्यले आफुहरुको सम्मान नगरेको गुनासो गरेका छन्। २०औँ राष्ट्रिय महिला समुदायिक स्वास्थ्य स्वयमसेविका दिवसका अवसरमा काठमाडौंमा आयोजना भएको कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका छन्।
स्वास्थ्य तथा नजसंखया मन्त्रालयको आयोजनामा मंगलबार भएको कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाहरुले जहिल्यै राज्यले आफूहरुमाथि विभेद गर्दै आएको बताए।
नेपाल स्वास्थ्य स्वयमसेवी संघकी केन्दीय अध्यक्ष गीता थिमले स्वास्थ्य क्षेत्रमा सामुदायिक स्वयंसेविकाले गरेको योगदान र उनीहरूको सम्मान हुन नसकेको गुनासो गरिन्।
‘हामीले काम पानी नभनेर समुदायमा रहेर काम गर्दै आइरहेका छौँ,’ उनले भनिन्, ‘३० वर्षसम्म काम गरेर विदाइ हुँदै गर्दा २० हजार पैसा दिएर पठाउँदा हामीलाई कस्तो हुन्छहोला? यो सरकारले हामीले विभेद गरेको होइन?’
थिमले स्वास्थ्य सवयंसेविकाको विदाइ गर्दा सरकारले एक लाख रुपैयाँ दिएर बिदाइ गर्नु पर्ने तथा खाना, भत्ताको खर्चको व्यवस्था पनि हुनुपर्ने माग गरिन्।
२०४५ सालबाट स्वास्थ्य सेयंसेविकाको सम्मान लागि हेरक वर्ष डिसेम्बर ५ मा यो दिवस मनाइन्छ।
अहिले ७७ जिल्लामा ५१ हजार ४ सय २३ महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया