बुधबार, १२ अगस्ट २०२६

संविधान दिवसको उपहार ‘धरहरा’ (भिडियो रिपोर्ट)

News Image
• • •

२०७२ वैशाख १२ गते आएको महाभूकम्पमा गर्ल्याम्म ढलको धरहरा ९ वर्षपछि उस्सैगरी नयाँ स्वरुपमा ठडिएको छ। ठडिएको धरहराबाट ९ वर्षदेखि हेर्न छुटेका काठमाडौँका कयौँ सुन्दर दृष्य देख्ने मौका मिल्ने छ।

यस अग्लो धरहराले देशको एउटा गौरवगाथा बोकेको छ।  जसबाट सुन्दर दृष्य देख्न पाउने गरी सरकारले संविधान दिवसको उपहार स्वरुप नागरिकका लागि खुला गरिदिएको छ। 

नवनिर्माणपछि २०७८ सालमा धरहरा उद्घाटन गरिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरा निर्माण नहुँदै उद्घाटन भएको र निर्माण सम्पन्न गर्न ३ वर्ष लाग्यो। अझै पनि केही काम बाँकी नै रहेको छ। 

पटक-पटक ढलेर फेरि ठडिएको यो धरहरासँग विपत्तिका कैयौ अवयवहरू गाँसिएका छन्। भूकम्पको कम्पनसँगै यो धरहराको जगमा ६० जना नेपाली अनि देशभरिका करिब नौ हजार मान्छेको स्मृति पनि गाँसिएको छ। 

स्मृतिको त्यही भग्नावशेषमा उभिएको यो धरहरा अब फेरि आम नागरिकका लागि खुला भएको छ। खुला भएसँगै अब सत्ताब्दि कटाएको छेउको धरहराको भग्नावशेषले पुराना सम्झनाहरू मनुस्मृतिमा ल्याउने छ। 

संविधान दिवस (असोज ३ गते)आम नागरिकका लागि खुला गरिएसँगै केही समय यहाँ निशुल्क प्रवेशको पनि व्यवस्था गरिएको छ। 

–भिडियो: रविन पुन मगर (आइडु)

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!