मङ्गलबार, ११ नोभेम्बर २०२५

आरतीका श्रीमानलाई थुनावमा पठाउन सर्वोच्चको आदेश, आरतीको परिवार भन्छ– पूर्ण न्याय भएन

News Image
• • •

सर्वोच्च अदालतले मृतक आरती साहका श्रीमान मोतिबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ। उच्च अदालत जनपुरको आदेशलाई बदर गर्दै थुनामा पठाउन आदेश दिएको हो। 

आरतीका ससुरा मोहन साह भन्ने मोहन व्याहुत सुडीलाई १ लाख रूपैयाँ धरौटीमा रिहाइ गर्न आदेश दिएको छ। यद्यपी उनी यसअघि उच्च अदालतको आदेशले छुटिसकेका थिए। 

उच्च अदलत जनकपुरले असोज १८ गते जिल्ला अदालत जनपुरधामले गरेको फैसलालाई बदर गर्दै आरतीका श्रीमान मोतिबाबु र ससुरा मोहनलाई रिहा गर्न आदेश दिएको थियो। 

बुधबार उच्चको आदेलाई खारेज गर्दै सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र तिलकप्रसाद श्रेष्ठको संयुक्त इजलासले मोतिबाबुलाई पुनः थुनामा पठाउन र मोहनलाई छाड्न आदेश दिएको छ। 

‘तत्कालको प्रमाणमा विचार गर्दा आरतीको मृत्यु मोतिबाबुको कर्तव्य (हत्या)बाट भएको रहेछ भन्ने विश्वास गर्ने अवस्था देखिदा निजलाई मुद्धाको पुर्पक्षको लागि साधाराण तारेखमा राख्ने गरी उच्च अदालत जनकपुरबाट भएको आदेश बेरितको देखिँदा बदर गरिदिएको छ,’ आदेशमा भनिएको छ, ‘निजलाई पछि बुझिएको प्रमाणमा ठहरिए बमोजिम मुद्धाको किनारा नलागेसम्म थुनामा राखी कानुनबमोजिम गर्नू।’

आरती गएको जेठमा ७ गते आफ्नै घरमा मृत फेला परेकी थिइन्। आरती मृत फेला परेपछि उनको उनको परिवारले आरतीका श्रीमान, ससुरा बा, आमाले हत्या गरेको भने जिल्ला अदालतमा मुद्धा दायर गरेका थिए। 

असार ३ गते जिल्ला अदालत जनकपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको एकल इजलासले आरतीका श्रीमान मोतीबाबु र ससुरा दोषी देखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। 

तर, उच्च अदालत जनकपुरले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका श्रीमान र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएको भन्दै रिहा गरेपछि आरतीका परिवार सर्वोच्चमा आएका हुन्। 

उनीहरुले मुद्धा दायर गर्दै ६ महिनादेखि काठमाडौंमा धर्नामा बसेका छन्। आरतीका हत्यारालाई कार्वाही नभएसम्म धर्ना स्थगित नगर्ने उनीहरुले बताएका छन्। 

आरतीका दाई धिरज प्रेमकाले सर्वोच्चका आदेश आंशिकरुपमा सकारात्मक भएको बताउँछन्। उनले थप व्यक्तिमाथि पनि कार्वाही हुनुपर्ने माग गरे। 

‘हामीले चारजनाविरुद्ध कर्तव्य ज्यानको उजुरी गरेपनि श्रीमान् मात्र थुनामा गएको छ। यो पनि धेरै सङघर्ष गरेर प्राप्त भएको छ,’ उनले बिएल नेपाली सेवासँग कुरा गर्दै भने, ‘जसमा हामी आशिंकरुपमा सकारात्मक छौँ। अब उक्त अनुसन्धानमा संलग्न प्रहरीलाई कानुनी दायरामा ल्याएर कारर्बाही हुनुपर्छ, हाम्रो माग यही रहनेछ।’

थप समाचार–

‘न्यायमूर्ति’ले निभाउन खोजेको एउटा ‘आरती’

न्यायको अँध्यारोमा धिपधिपाइरहेको एउटा परिवार

‘दाइजो पुगेन भन्थे छोरीको हत्या गरिदिए’ (भिडियाेसहित)

 

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!