मन्दिरा अधिकारी
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएपछि ललितपुरको बालकुमारी क्षेत्रमा तनावग्रस्त बनेको छ।
काेरियन भाषा परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले शुक्रबार दिउँसाे मन्त्री ज्वालाको गाडीमा आगजनी गरेपछि बालकुमारी तनावग्रस्त बनेकाे हाे।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले युवाहरुलाई अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनकारीलाई तितरबितर पारेर प्रहरीले गाडीमा लागेको आगो निभाएको छ।
कोरियामा पानी जहाज बनाउने कम्पनीमा कामका लागि जान परीक्षा दिएका युवाहरु फेलाभएपछि उनीहरुले उत्पादनमुलक तथा कृषि क्षेत्रमा जान पनि परीक्षा दिन पाउनुपर्ने माग गरेका थिए।
तर इपिएस कार्यालयले परीक्षा दिन नपाइने जनाएको थियो। पानी जहाजमा परीक्षा दिएका तर फेल भएका केही युवाले इपिएस कार्यालयको निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए।
अदालतले उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन आदेश दिएको थियो। इपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो।
त्यसपछि अन्य विद्यार्थीलेले फर्म भर्न नपाएको भन्दै विरोधमा उत्रिएका हुन्। युवाहरु विरोधमा उत्रिएपछि बालकुमारी क्षेत्रमा यातायात प्रभावित भएको छ।
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
ब्राजिललाई मोरक्कोको चुनौती
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया